काठमाडौँ, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक आधारस्तम्भका रुपमा स्थापना गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज भएको बैठकमा केन्द्रीय अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा परिमार्जनसहित संवैधानिक राजसंस्थाका पक्षमा जनमत निर्माण गर्ने निर्णय भएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले अवलम्बन गरेको सनातन हिन्दू राष्ट्र नेपाल कायम गराउनेलगायत कार्यदिशालाई पनि बैठकले पारित गरेको छ ।
संवैधानिक राजसंस्थाका विषयलाई पार्टीको महाधिवेशनमा छलफल गरी निर्णय लिइनेछ । तत्कालीन राप्रपा र राप्रपा नेपालको गत मङ्सिर ६ गते भएको एकीकरणमा राजसंस्थाको विषय महाधिवेशनबाट टुङ्गो लगाइने समझदारी गरिएको थियो ।
बैठकमा राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको आर्थिक कार्यपत्रमार्फत जनपक्षीय उदारवाद नेपालको अर्थ राजनीतिको आधार हुनुपर्ने निष्कर्ष निकालिएको छ । पार्टीले अङ्गीकार गरेको आर्थिक उदारवादमा नवसामन्तवाद, आर्थिक शोषण र यसले प्रोत्साहन गरेको भ्रष्टचारविरुद्व केन्द्रित हुने आधार तयार गरिएको छ ।
आइतबारदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलबार बिहान पुनःबस्नेछ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता