
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बेल्जियमका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको निमन्त्रणामा आइतबार त्यसतर्फ प्रस्थान गर्नुअघि परराष्ट्र मन्त्रालयमा अयाोजित पत्रकार सम्मेलनमा भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बेल्जियमका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महामहिम डिडियर रेन्डर्सको निमन्त्रणामा आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
यही फागुन ३ गते बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘शान्तिको खोजीका लागि वर्तमान अनुभवको सम्भाव्यता र सीमितता’ विषयक अन्तर्राष्ट्रिय तहको मध्यस्थता सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ लाग्नुभएको हो ।
नेपालले संयुक्त राष्ट्रसङ्घको मध्यस्थता समूहमा सक्रिय रहनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा निवारक कूटनीति विषयलाई महत्वका साथ उठाउँदै आएको मन्त्री डा महतले बताउनुभयो ।
संयुक्त राष्ट्र सङ्घका नवनियुक्त महासचिवले निवारक कूटनीति एवम् शान्तिको स्थायित्वमा केन्द्रित रही सन् २०१७ लाई शान्तिका निमित्त समर्पित वर्षका रुपमा काम गर्न आह्वान गर्नुभएको सन्दर्भमा द्वन्द्वको रोकथाम, दिगो शान्तिजस्ता विषयमा केन्द्रित रहने यो सम्मेलनमा परराष्ट्र मन्त्रीस्तरको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा महतले युरोपेली आयोगका अध्यक्ष महामहिम जिन क्लाउड जङ्कर तथा आयोगकी परराष्ट्र तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फ्रेडरिका मोघरिनीसँग भेटघाट गर्ने बताउनुभयो ।
जिन क्लाउड जङ्करसँगको भेटघाटका क्रममा नेपालको विकास प्रयास र पुनःनिर्माणमा युरोपियन युनियनअन्तर्गतका मुलुकको सहयोग तथा नेपालको शान्ति प्रक्रियामा ती मुलुकको सद्भावका सम्बन्धमा छलफल गर्ने उहाँले जानकारी गराउनुभयो ।
परराष्ट्र मन्त्री डा महतले उक्त अवसरमा नेपालले राजनीतिक तथा सामाजिक क्षेत्रमा हासिल गरेको उपलब्धिलाई दिगो तुल्याउन आर्थिक तथा पूर्वाधारका क्षेत्रमा, पुनःनिर्माणका लागि थप सहयोग, युरोपेली आकासमा लगाइएको नेपाली हवाई उडानको प्रतिबन्ध हटाउने, युरोपेली मुलुकमा नेपालको निर्यातलाई प्रोत्साहन गर्न थप सहुलियत, लगानी प्रवद्र्धन, पर्यटन विकास लगायतका विषयमा छलफल गर्ने बताउनुभयो ।
नेपालको एक प्रमुख विकास साझेदार रहेको युरोपियन युनियनअन्तर्गतका मुलुकसँगको परराष्ट्रमन्त्रीस्तरमा हुने भेटघाट तथा द्विपक्षीय वार्ताबाट नेपाल र ती मुलुकबीच सम्बन्ध थप प्रगाढ हुने मन्त्रालयको अपेक्षा छ ।
भ्रमण दलमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा, परराष्ट्र मन्त्रालय युरोप–अमेरिका महाशाखाका प्रमुख तथा मन्त्रालय र दूतावासका अन्य अधिकृतसमेत हुनुहुन्छ । भ्रमण पूरा गरी मन्त्री डा महत यही फागुन ६ गते स्वदेश फर्कनु हुनेछ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध