
नेकपा माओवादीद्वारा राजधानीमा आइतबार आयोजित आठौँ महाधिवेशनको उदघाटन समारोह तथा २२ औँ जनयुद्व दिवसमा पार्टीका महासचिव नेत्रबिक्रम चन्द मन्तव्य दिँदै । तस्बिर ः कृष्णराज गौतम, रासस
काठमाडौँ, १ फागुन । तत्कालीन नेकपा (माओवादी)ले विसं २०५२ मा सशस्त्र युद्ध सुरु गरेको सम्झनामा विभिन्न माओवादी पार्टीद्वारा आज देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएका छन् ।
सोही अवसर पारेर नेकपा (माओवादी) द्वारा यहाँ २२ औँ जनयुद्व दिवस तथा आठौँ महाधिवेशन सुरु गरिएको छ ।
महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै सो पार्टीका महासचिव नेत्रविक्रम चन्दले मुलुक अहिले गम्भीर सङ्कटमा रहेकाले सबै जनता एकढिक्का भई राष्ट्रियताको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले देश अप्ठ्यारो अवस्थामा रहँदा त्यसको स्वतन्त्रता र स्वाधीनताका लागि नेपालीले एकजुट भई लडेको इतिहास स्मरण गर्दै राष्ट्रको खतराविरुद्ध लड्नका लागि पुनः नेपालीको एकताको खाँचो औँल्याउनुभयो ।
महासचिव चन्दले विगतमा नेपाली जनताले दिएको मायाले माओवादी पार्टीले महत्वपूर्ण स्थान प्राप्त गरेको भए पनि नेतृत्वले सही दिशानिर्देश गर्न नसक्दा सामाजिक रुपान्तरण कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले मुलुकमा उत्पीडित जाति तथा समुदायको हितमा क्रियाशील रहन पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय