
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बहादुर बाँनिया शनिबार चितवनको सौराहामा खाना महोत्सव कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
रत्ननगर (चितवन), २९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाले सरकारले सातवटै प्रदेशमा आकर्षक पर्यटकीयस्थल बनाउने योजना अघि बढाएको बताउनुभएको छ ।
चितवनको सौराहामा ११औँ सौराहा खाना महोत्सवको आज उद्घाटन गर्दै सौराहालाई ३ नं प्रदेशको पर्यटकीय गन्तव्य बनाइने बताउनुभयो । हरेक प्रदेशमा एक–एक ठाउँलाई छनोट गरेर पर्यटकीयस्थल बनाई पूर्वाधारको विकास गर्ने सरकारले योजना ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।
लुम्बिनी र बेदको उद्गमस्थल नेपाल रहेकाले बेद र बुद्धलाई जोडेर सांस्कृतिक पर्यटनलाई विकास गर्र्नुपर्नेमा उहाँले जोड दिनुभयो । चितवनलाई जैविक विविधता र संरक्षणसँग जोडेर पर्यटन विकास गर्नुपर्ने उहाँको धारणा थियो । पर्यटन विकास र समृद्धिका लागि पहिला राजनीतिक स्थिरता हुनुपर्ने राज्यमन्त्री बानियाले बताउनुभयो ।
“सरकार निजी क्षेत्रलाई सुविधा दिन तयार छ,” उहाँले भन्नुभयो । फागुन ५ गतेसम्म चल्ने सो खाना महोत्सवमा ६० भन्दा बढी कक्ष छन् । शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको भन्दै लुम्बिनी अञ्चल प्रहरी प्रमुख दीपककुमार थापालाई उक्त अवसरमा सम्मान गरिएको थियो । यस्तै सौराहामा रेस्टुरेन्ट व्यवसायमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै स्वर्गीय जिवा चौधरीलाई मरणोपरान्त सम्मान गरिएको छ ।
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा