
चितवनको सौराहामा शनिबारदेखि सुरु भएको सौराहा खाना महोत्सवको अवसरमा निकालिएको पदयात्रामा सहभागी थारु महिला । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
रत्ननगर (चितवन), २९ माघ । सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् ।
उनीहरुले खान बस्नमा रु १५ प्रतिशत र साना पर्यटन व्यवसायी समूहमार्फत उपहार सामग्रीहरु खरिदमा रु ३० प्रतिशत छुटको घोषणा गरेका हुन् । मुख्यगरी हामीले खाना महोत्सवलाई लक्षित गरेर आएका पर्यटकलाई सहज होस् भन्ने हेतुले छुटको घोषणा गरेको क्षेत्रीय रेवानका अध्यक्ष लालबहादुर भट्टले जानकारी दिनुभयो । छुट सुविधा लिनका लागि खाना महोत्सव परिसरमा रहेको सचिवालयबाट बुकिङ लिनुपर्ने उहाँले बताउनुभयो ।
आजदेखि सुरु भई फागुन ४ गतेसम्म चल्ने यसपालीको खाना महोत्समवा भ्यालेन्टाइन जोडीलाई सौरेलीले विशेष निम्तो नै दिएका छन् । विशेष छुट प्याकेज कै घोषणा गरेर सौरेलीले खाना महोत्सवमा निम्तो बाँडेका हुन् ।
“प्रेमी जोडीका लागि सौराहा महत्वपूर्ण गन्तव्य हो, त्यसमाथि फुड फेष्टिवलले झन् उनीहरुलाई रौनक दिनेछ”–कार्यक्रम संयोजक नरेश गिरीले भन्नुभयो, “जोडीलाई सौरेलीको निम्तो छ ।”
सौराहामा १०० बढी सुविधायुक्त होटलमा दैनिक दुई हजार ५०० पर्यटक बस्न सक्ने क्षमता छ । अहिले पर्यटकको सिजन नभएकाले उनीहरुलाई आकर्षित गर्न हात्ती महोत्सव, खाना महोत्सव, नयाँ वर्ष उत्सवलगायत कार्यक्रम सौरेलीले गर्दै आाएका छन् । जसका कारण आन्तरिक पर्यटक भने बढेको व्यवसायी शीरलाल परियार बताउनुहुन्छ ।
यसपटक खाना महोत्सवमा स्थानीय परिकार, थारुको परिकार र सौराहामा हुने खाना तथा अन्तर्राष्ट्रिय परिकार प्रदर्शन गरिदै छ ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर खाना महोत्सव आयोजना गरेको हो । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने नारासहित कार्यक्रम गरिएको हो ।
महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेल मैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने जनाईएको छ । महोत्सवमा करिब रु ४० लाख खर्च हुने र रु. ५० लाख बढीको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक गोकर्ण गिरीले बताउनुभयो ।
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता