काठमाडौँ, २७ माघ । नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर (नेरु करिब दुई अर्ब) बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ ।
आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुनसक्ने सगुन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
सगुनले ‘ग’ श्रेणीको आठ लाख ६९ हजार ५६४ कित्ता सेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री गुरु गरेको सगुन नेपाल च्याप्टरका जनसम्पर्क प्रमुख अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा २९९ डलरमा १३ कित्ता सेयर किनेर सगुनको मालिक बन्न सकिनेछ, त्यसभन्दा माथि भने व्यक्तिको इच्छाअनुसार सेयर खरिद गर्न सकिनेछ ।
बिक्रीका लागि छुट्याइएको सेयर सगुनको वेबसाइटमार्फत सर्वसाधारणले खरिद गर्न सक्नेछन् । नेपाल बाहिर रहेका नेपालीले सो सेयर खरिद गर्न पाउनेछन् तर, कानुन अभावका कारण नेपालमा रहेका नेपालीले भने उक्त सेयर खरिद गर्न नपाउने कम्पनीले जनाएको छ ।
सगुनका संस्थापक गोविन्द गिरीले अमेरिकाको जब्स एक्ट २०१२ को प्रावधान बमोजिम नेपाली प्रविधि र लगानीले समाजका विभिन्न पक्षमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
“सगुनका समर्थक तथा शुभेच्छुकका लागि हाम्रो सपनामा विश्वास गर्नुभयो । धितोपत्र कारोबार आयोगको स्वीकृतिपछि अब हाम्रो अभियानमा सहकार्य गर्न र सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरु लाभान्वित हुनुहुनेछ” – उहाँले भन्नुभयो ।
अमेरिकन जब्स एक्ट २०१२ अनुसार कुनै पनि ‘मिनी आइपिओ’ ले पाँच करोड डलरसम्म वार्षिक रुपमा पैसा उठाउन पाउँछन् । तर सगुनले यस वर्ष रु दुई अर्ब बराबरको सेयर खोलेको छ, जुन कुल सेयरको जम्मा २१ प्रतिशत हो । सेयरधनी बन्नका लागि कम्तीमा १३ कित्ता किन्नुपर्ने हुन्छ ।
अहिलेसम्म चार हजार बढी व्यक्तिबाट ३५ लाख डलर बराबरको सेयर खरिद गर्न इच्छा जाहेर गरेका सगुन नेपाल च्याप्टरका संयोजक अखिल सिटौलाले जानकारी दिनुभयो । सगुनका अनुसार सन् २०१४ मा सगुनको भ्यालु प्रतिकित्ता सेयर ० दशमलव ५ डलर थियो भने सन् २०१५ मा ३.७५ र अहिले यसको भ्यालु प्रतिसेयर २३ डलर पुगेको छ । यसैअनुसार सगुनले रु दुई अर्बको सेयर जारी गरेको हो । हाल नेपाल, भारत र अमेरिका कार्यालय रहेको सगुनले प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि सेयरकर्ताको लगानी बढाउन र सेवालाई थप प्रभावकारी बनाउन शाखा विस्तार गर्ने तयारी गरेको छ ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा