लण्डन । युके भ्रमणमा रहनुभएका आचार्य निमसिंगे राम्जाली मगरलाई मगर संघ युकेमा स्वागत गरिएको छ ।
शनिबार मगर भवन फार्नब्रोमा आयोजित कार्यक्रममा संघका अध्यक्ष नेम थापामगरले आचार्य निमसिंगेलाई स्वागत गर्नुभयो ।
महासचिव लाल पुनले संचालन गरेको कार्यक्रममा मगर संघ युकेका पूर्व अध्यक्षहरु कुलबहादुर थापामगर र दुतबहादुर पुन, नेपाल मगर संघका कोषाध्यक्ष कमला थापामगर, मगर महिला संघ युकेका अध्यक्ष छविमाया पुनमगर, नेपाल मगर संघकी युरोप र अमेरिका संयोजक शान्ति थापा कुँवर मगर, एनआरएन युकेका उपाध्यक्ष योगकुमार फगामीमगर, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, ग्रेटर रसमुर नेप्लिज कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापा लगायतको उपस्थिति थियो ।
सो अवसरमा संघका अध्यक्ष थापाले मगर संघ युकेको गतिविधिका बारेमा जानकारी गराएका थिए । सोही दिन फार्नब्रो कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा आचार्य निमसिंगे लामाले प्रवचन दिएका थिए भने प्रवचनपछि प्रश्नोत्तर गरिएको थियो । साे कार्यक्रमकाे सन्चालन सहचिव रूद्र थापाले गरेका थिए ।
डोल्पा सहरताराका लामा सानै उमेरदेखि बौद्ध दर्शनको अध्ययनका लागेका हुन् । उनी नेपालमा बौद्धस्थित सेञ्जेन गुम्बा तथा युकेमा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेको गुम्बामा आवद्ध छन् । लामाकाे काइके मगर भाषामा एक पुस्तक प्रकाशित भइसकेकाे छ भने अर्काे प्रकाशनका क्रममा छ। लामालाई मगर संघका सल्लाहकारहरु राजेन्द्र राना र सुनिल रानाको पहलमा संघमा ल्याइएको हो ।
यसैगरी, साेही दिन मगर महिला सङ्घ युकेकाे प्रिएजीएम पनि सम्पन्र भएकाे छ । अध्यक्ष छविमाया पुनकाे अध्यक्षता र महासचिव सरला रानाकाे सन्चालनमा भएकाे साे कार्यक्रममा नेपाल मगर सङ्घकी काेषाध्यक्ष कमला थापा, हालै सम्पन्र नेपाल अादिवासी जनजाति महिला महासङ्घ बेलायतकाे महाधिवेसनबाट सचिवमा निर्वाचित सरला राना र सदस्य पार्वती थापालाइ सम्मान गरिएकाे थियाे ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]