काठमाडौँ, २० माघ । सांसदहरुले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएकाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उनीहरुले निर्वाचनका लागि आवश्यक कानुनी पूर्वाधार र स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन सच्याएरमात्र निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिए ।
बैठकमा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सप्तकोसी नदीको कटान र डुबान समस्यालाई सधैँका लागि रोक्न स्थायी संयन्त्र तयार गरी काम गर्न माग गर्नुभयो ।
नेकपा (एमाले) केशव बडालले महोत्तरीको मटिहानी, इलामको पशुपतिनगर र नवलपरासीको नेपाली केही भूभागमा रहेका सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा सीमा मिचेको छ भन्दै यसमा सरकारको ध्यान जाओस् भन्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का प्रभु साहले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनले तराई÷मधेसमा हचुवाका आधारमा सुझाव दिएको आरोप लगाउँदै प्रतिवेदनले सङ्घीयता कार्यान्वयनमा अवरोध गर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कान्ता भट्टराईले विद्यालयमा राजनीति नगर्न र विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक आस्था र विश्वास हेरिनुहुँदैन भन्नुभयो ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का गीता क्षेत्रीले बालपोषण र बालशिक्षामा सरकारी लगानी बढाउन माग गर्दै ‘सुनौला हजार दिन’ कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न माग गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले निर्वाचनसम्बन्धी विधेयकमा थ्रेसहोल्डको प्रावधान नराख्न माग गर्दै ठूला दलका कारण नै राजनीतिक अस्थिरता आएको हो भन्नुभयो ।
नेकपा (माले)का सिपी मैनालीले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको चर्चा गर्दै स्थानीय निकायको निर्वाचनबाट निर्वाचनको सुरुवात गर्न सुझाव दिनुभयो ।
सांसद महेन्द्रराय यादवले संविधान संशोधन गरी स्थानीय निर्वाचनको घोषणा गर्न माग गर्नुभयो ।
सांसद मीना पुनले स्थानीय निकायको निर्वाचनको कानुनी आधार तयार नभई सरकारले किन निर्वाचनको रटान गरिरहेको छ भनी प्रश्न गर्नुभयो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय