काठमाडौँ, १३ माघ । नेपाल वायुसेवा निगमको नयाँ जहाज एम—६० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
निगमका महाप्रबन्धक सुगतरत्न कशाङ्कारले कुल ५६ सिट क्षमताको चिनियाँ जहाज विमानस्थलमा अवतरण भएको जानकारी दिनुभयो । आज साँझ ७ः१५ बजे अवतरण भएको जहाजको नाम ‘फेवा’ राखिएको छ । नयाँ जहाजको कलसाइन ‘नाइन एन एकेआर’ दिइएको छ । नेपाली चालकले नै बङ्गलादेशको ढाकाबाट उडाएर जहाज काठमाडौँ ल्याइएको हो ।
विमानलाई भव्यताका साथ विमानस्थलमा स्वागत गरिएको महाप्रबन्धक कंशाकारले राससलाई जानकारी दिनुभयो । जहाज अवतरण हुनेबित्तिकै पानीको फोहोराले स्वागत गरिएको थियो । स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी एवम् निगमका उच्च अधिकारी विमानस्थल पुगेका थिए ।
चिनियाँ पक्षले जहाजको पाटपूर्जा एवम् प्राविधिक उपकरण काठमाडौँमा नै उपलब्ध गराउने सहमति गरेपछि निगमले चिनियाँ जहाज ल्याउने निर्णय गरेको हो । एम ६० जहाज बढी यात्रु हुने स्थानमा नै उडाउने निगमको तयारी छ । सो जहाज आएलगत्तै निगमको आर्थिक पक्षमा समेत सुधार आउने विश्वास लिइएको छ ।
अर्को वाई १२ विमान भने केही दिनभित्रै अवतरण गर्नेसमेत महाप्रबन्धक कंशाकारले जानकारी दिनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता