काठमाडौँ, १३ माघ । नेपाल वायुसेवा निगमको नयाँ जहाज एम—६० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
निगमका महाप्रबन्धक सुगतरत्न कशाङ्कारले कुल ५६ सिट क्षमताको चिनियाँ जहाज विमानस्थलमा अवतरण भएको जानकारी दिनुभयो । आज साँझ ७ः१५ बजे अवतरण भएको जहाजको नाम ‘फेवा’ राखिएको छ । नयाँ जहाजको कलसाइन ‘नाइन एन एकेआर’ दिइएको छ । नेपाली चालकले नै बङ्गलादेशको ढाकाबाट उडाएर जहाज काठमाडौँ ल्याइएको हो ।
विमानलाई भव्यताका साथ विमानस्थलमा स्वागत गरिएको महाप्रबन्धक कंशाकारले राससलाई जानकारी दिनुभयो । जहाज अवतरण हुनेबित्तिकै पानीको फोहोराले स्वागत गरिएको थियो । स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी एवम् निगमका उच्च अधिकारी विमानस्थल पुगेका थिए ।
चिनियाँ पक्षले जहाजको पाटपूर्जा एवम् प्राविधिक उपकरण काठमाडौँमा नै उपलब्ध गराउने सहमति गरेपछि निगमले चिनियाँ जहाज ल्याउने निर्णय गरेको हो । एम ६० जहाज बढी यात्रु हुने स्थानमा नै उडाउने निगमको तयारी छ । सो जहाज आएलगत्तै निगमको आर्थिक पक्षमा समेत सुधार आउने विश्वास लिइएको छ ।
अर्को वाई १२ विमान भने केही दिनभित्रै अवतरण गर्नेसमेत महाप्रबन्धक कंशाकारले जानकारी दिनुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ