लन्डन । गैर कानुनी आप्रवासी नियन्त्रणकै एक हिस्सा स्वरुप एनएचएसले ८ हजार विरामीका गोप्य तथ्यांक होम अफिसलाई बुझाएको सार्वजनिक भएको छ ।
नेशनल हेल्थ सर्भिस र होम अफिसबीच शंकास्पद गैर कानुनी आप्रवासीको विवरण सेयर गर्ने सम्झौता (एमओयू) अनुरुप उक्त विवरण मंगलबार पहिलोपटक सार्वजनिक भएको गार्डियनले जनाएको छ ।
स्वास्थ्य विभागको तथ्यांक अनुसार, सन् २०१६ को पहिलो ११ महिनामा होम अफिसले एनएचएससंग ८१२७ विरामीको विवरण मागेको पाइएको छ । विवरण पाएपछि इमिग्रेसन इन्फोर्समेन्टले ५८५४ व्यक्तिमाथि अनुसन्धान गरेको समाचारमा उल्लेख छ ।
एमओयू बमोजिम होम अफिसले एनएचएससंग व्यक्तिको नाम, जन्ममिति र व्यक्ति बसेको अन्तिम ठेगाना माग्न सक्छ । डिटेन्सन वा अध्यागमन नियन्त्रणबाट भागेका, यूकेमा भिजा अवधिभन्दा बढि समय बसेका (इलिगल) अथवा छलकपट गरेर आवासीय अधिकार लिएका व्यक्तिको विवरण दिने सम्झौता हेल्थ सर्भिसले गरेको हो ।
विरामी र आप्रवासी अधिकारका लागि कार्यरत समूहले यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
स्याडो होम सेक्रेटरी डायन एबोटले भनेकी छन्, ‘यस्तो कदम अस्वीकार्य छ । यसअघि यो सरकारले वालवालिकाको अध्यागमन तथ्यांक संकलन गर्न स्कुल प्रयोग गरेको थियो । अहिले उही तरिकाले एनएचएस प्रयोग गरिरहेको छ ।’ उनको थप तर्क छ, ‘यसले मानिसहरु आफ्नो गोप्य सूचना चुहिने डरले मेडिकल केयर लिन आनाकानी गर्नेछन्, त्यसकारण यो बन्द गरिनुपर्छ ।’
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा