लन्डन । गैर कानुनी आप्रवासी नियन्त्रणकै एक हिस्सा स्वरुप एनएचएसले ८ हजार विरामीका गोप्य तथ्यांक होम अफिसलाई बुझाएको सार्वजनिक भएको छ ।
नेशनल हेल्थ सर्भिस र होम अफिसबीच शंकास्पद गैर कानुनी आप्रवासीको विवरण सेयर गर्ने सम्झौता (एमओयू) अनुरुप उक्त विवरण मंगलबार पहिलोपटक सार्वजनिक भएको गार्डियनले जनाएको छ ।
स्वास्थ्य विभागको तथ्यांक अनुसार, सन् २०१६ को पहिलो ११ महिनामा होम अफिसले एनएचएससंग ८१२७ विरामीको विवरण मागेको पाइएको छ । विवरण पाएपछि इमिग्रेसन इन्फोर्समेन्टले ५८५४ व्यक्तिमाथि अनुसन्धान गरेको समाचारमा उल्लेख छ ।
एमओयू बमोजिम होम अफिसले एनएचएससंग व्यक्तिको नाम, जन्ममिति र व्यक्ति बसेको अन्तिम ठेगाना माग्न सक्छ । डिटेन्सन वा अध्यागमन नियन्त्रणबाट भागेका, यूकेमा भिजा अवधिभन्दा बढि समय बसेका (इलिगल) अथवा छलकपट गरेर आवासीय अधिकार लिएका व्यक्तिको विवरण दिने सम्झौता हेल्थ सर्भिसले गरेको हो ।
विरामी र आप्रवासी अधिकारका लागि कार्यरत समूहले यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
स्याडो होम सेक्रेटरी डायन एबोटले भनेकी छन्, ‘यस्तो कदम अस्वीकार्य छ । यसअघि यो सरकारले वालवालिकाको अध्यागमन तथ्यांक संकलन गर्न स्कुल प्रयोग गरेको थियो । अहिले उही तरिकाले एनएचएस प्रयोग गरिरहेको छ ।’ उनको थप तर्क छ, ‘यसले मानिसहरु आफ्नो गोप्य सूचना चुहिने डरले मेडिकल केयर लिन आनाकानी गर्नेछन्, त्यसकारण यो बन्द गरिनुपर्छ ।’
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ