काठमाडौँ, ११ माघ । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ ।
चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका कारण दुईवटा जहाज आउन लागेको निगमका महाप्रबन्धक सुगतरत्न कङ्शाकारले जानकारी दिए ।
शनिबार एम ए ६० र वाइ १२ जहाज ल्याउन लागिएको हो । एम ए ६० जहाज बढी यात्रु हुने सुगम क्षेत्रमा उडानका लागि प्रयोग गरिनेछ भने वाइ १२ जहाज पहाडी क्षेत्रमा उडान गरिनेछ ।
यसअघि ल्याइएका दुईवटा जहाजको प्राविधिक रुपमा विभिन्न समस्या उत्पन्न भएपछि यसपटक प्राविधिक उपकरण तथा स्पेयर पार्टससमेत काठमाडौँमा नै उपलब्ध गराउने चिनियाँ पक्षको प्रतिबद्धता आएको महाप्रबन्धक कंशाकारले जानकारी दिए ।
चीनको अनुदानमा दिएको दुईवटा जहाज यसअघि नै आइसकेको छ भने अब आउने जहाज भने ऋण सम्झौतामा ल्याउन लागिएको हो । एम ए ६० जहाजमा ५६ सिट तथा वाइ १२ मा १८ सिट रहेको छ ।
यस्तै निगमको अन्तर्राष्ट्रिय उडानका लागि अमेरिकन कम्पनी एएआर कर्पोरेसनसँग निगमले प्रारम्भिक सम्झौताका लागि आवश्यक गृहकार्य गरिरहेको छ । यसै साताभित्र प्रारम्भिक सम्झौता गर्नेगरी तयारी गरिएको छ । सो सम्झौतालगत्तै निगमले बैना रकम पठाउने महाप्रबन्धक कंशाकारले जानकारी दिए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ