
काठमाडौँ, ८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड जे ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा आज बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै नेपाल र अमेरिकाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, समझदारी, सद्भाव र सहकार्यमा रहेको सन्देशमा बताउनुभएको छ ।
दुई देशबीचको यस्तो सम्बन्ध राष्ट्रपति ट्रम्पको कार्यकालमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रपति ट्रम्पको सबल एवम् दूरदर्शी नेतृत्वमा अमेरिकाको अझ प्रगति हुने बताउनुभएको छ ।
त्यसैगरी प्रधानमन्त्री दाहालले पठाउनुभएको सन्देशमा राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको विकास प्रयासमा अमेरिकी सरकार र त्यहाँका जनताबाट निरन्तर प्राप्त सहयोग र सद्भावप्रति प्रधानमन्त्रीले आभार व्यक्त गर्दै नेपालको शान्ति, स्थायित्व र प्रगतिका निम्ति भविष्यमा पनि निरन्तर सहयोग एवम् सद्भाव प्राप्त हुने अपेक्षा गर्नुभएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ