लन्डन । बेलायतवासी मोडल तथा नायिका रोमियन लिम्बुको पहिलो एल्बम ‘प्रकृति’ को ‘कुन घुम्तीमा’ बोलको गीतमा म्यूजिक भिडियो बन्ने भएको छ । लन्डनसहित यूकेका विभिन्न शहरमा तीन दिन छायांकन गरिएको हो । अत्याधुनिक प्रविधिसहित विमान नै भाडामा लिएर छायांकन गरिएको मोडल, निर्माता तथा निर्देशक रोमियनले जनाइन् । म्यूजिक भिडियोमा रोमियनका साथ रितेश चाम्स र गोविन्द अर्मजाले पनि अभिनय गरेका छन् । रोमियनको यस भिडियोमा भावुक दृश्य छ ।
व्यवसायिक हेयर स्टाइलिष्ट र ब्युटिसियन रितेश आफैंले विमान चलाएका छन् । रितेशले बेलायतमै छायांकन गरिएको ब्ल्याक समरमा समेत अभिनय गरेका छन् । नृत्यमा खप्पिस रितेशले यसअघि विभिन्न नाटक र छोटा फिल्ममा अभिनय गरिसकेका थिए ।
उक्त गीतमा प्रकृति थलंगको स्वर, शब्द पूर्ण पाल्पालीको र संगीत कन्चन थलंगको छ । म्यूजिक भिडियोको कोरियोग्राफी प्रतिक दुधराज र रितेश चाम्स एवं मेकअप प्रतिमा दुधराज, तारा राई र सियू सलोनले गरेका छन् । म्यूजिक भिडियो निर्माणमा निर्देशक एलबी सुब्बा, दीपक मैथाने थापा, कल्पना भण्डारी र कुबेर होडाको विशेष सहयोग छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने