
ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता हुँदै । तस्बिर ः ऊर्जा मन्त्रीको सचिवालय, रासस
काठमाडौँ, ३ माघ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स(युएइ)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीलाई आग्रह गर्नुभएको छ ।
युएइको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरेको त्यहाँस्थित नेपाली राजदूतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिनुभयो । ‘वल्र्ड फ्युचर इनर्जी समिट २०१७’(विश्व भविष्य ऊर्जा शिखर सम्मेलन) मा भाग लिन युएइ पुग्नुभएका मन्त्री शर्माले कम्तीमा आगामी सय वर्षसम्मका लागि नेपालमा जलविद्युत् विकासको राम्रो सम्भावना रहेकाले त्यसमा लगानी गर्न युएइ सरकारलाई अनुरोध गर्नुभयो ।
युएइका ऊर्जामन्त्री मजौरीले नेपालमा जलविद्युत्, कृषि र पर्यटनमा लगानी गर्न आफूहरु पनि इच्छुक रहेको स्पष्ट गर्दै दिगो ऊर्जा विकासका लागि जलविद्युत् र सौर्य ऊर्जालाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिनुभयो ।
शिखर सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री शर्माले भाग लिइरहनुभएकोे छ । सम्मेलनमा सन् २०५० सम्ममा बायोग्यास र सौर्य ऊर्जाको उत्पादन बढाएर ९० प्रतिशत पुरयाउने र अन्य परम्परागत ऊर्जालाई १० प्रतिशतमा सीमित पार्ने लक्ष्य कार्यान्वयनका विषयमा गहन छलफल गर्ने कार्यक्रम छ । एक सातासम्म चल्ने सम्मेलनमा १५० राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा मन्त्रीले भाग लिएका छन् ।
यसैबीच ऊर्जामन्त्री शर्मा अबुधाबीस्थित नेपाली राजदूतावास, नेपाली जनप्रगतिशील मञ्च युएइ र नेपाली बिजनेस काउन्सिलले आयोजना गरेका विभिन्न कार्यक्रममा सरिक हुनुभएको उहाँका स्वकीय सचिव वसन्तराज शर्माले जानकारी दिनुभयो ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय