
ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता हुँदै । तस्बिर ः ऊर्जा मन्त्रीको सचिवालय, रासस
काठमाडौँ, ३ माघ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स(युएइ)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीलाई आग्रह गर्नुभएको छ ।
युएइको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरेको त्यहाँस्थित नेपाली राजदूतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिनुभयो । ‘वल्र्ड फ्युचर इनर्जी समिट २०१७’(विश्व भविष्य ऊर्जा शिखर सम्मेलन) मा भाग लिन युएइ पुग्नुभएका मन्त्री शर्माले कम्तीमा आगामी सय वर्षसम्मका लागि नेपालमा जलविद्युत् विकासको राम्रो सम्भावना रहेकाले त्यसमा लगानी गर्न युएइ सरकारलाई अनुरोध गर्नुभयो ।
युएइका ऊर्जामन्त्री मजौरीले नेपालमा जलविद्युत्, कृषि र पर्यटनमा लगानी गर्न आफूहरु पनि इच्छुक रहेको स्पष्ट गर्दै दिगो ऊर्जा विकासका लागि जलविद्युत् र सौर्य ऊर्जालाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिनुभयो ।
शिखर सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री शर्माले भाग लिइरहनुभएकोे छ । सम्मेलनमा सन् २०५० सम्ममा बायोग्यास र सौर्य ऊर्जाको उत्पादन बढाएर ९० प्रतिशत पुरयाउने र अन्य परम्परागत ऊर्जालाई १० प्रतिशतमा सीमित पार्ने लक्ष्य कार्यान्वयनका विषयमा गहन छलफल गर्ने कार्यक्रम छ । एक सातासम्म चल्ने सम्मेलनमा १५० राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा मन्त्रीले भाग लिएका छन् ।
यसैबीच ऊर्जामन्त्री शर्मा अबुधाबीस्थित नेपाली राजदूतावास, नेपाली जनप्रगतिशील मञ्च युएइ र नेपाली बिजनेस काउन्सिलले आयोजना गरेका विभिन्न कार्यक्रममा सरिक हुनुभएको उहाँका स्वकीय सचिव वसन्तराज शर्माले जानकारी दिनुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ