लन्डन । सहारा क्लबको आयोजनामा यही १७ जनवरीदेखि पोखरामा शुरु हुन लागेको १५ औं आहा रारा गोल्ड कप २०१७ का लागि सहारा यूके टोली नेपाल प्रस्थान गरेको छ । सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साइंला) को नेतृत्वमा शुक्रबार सांझ एक समूह नेपाल गएको हो । सहारा यूकेबाट यो वर्ष खेलकै लागि करिब ४० जना नेपाल जाने छन् । सहारा यूकेले विगतमा बेलायतबाट खेलाडी समेत लैजाने गरेकामा केही वर्ष यता ‘हाइ कस्ट’ ले त्यो क्रम रोकिएको छ । उसले दुईवर्ष अघि बेलायती क्लव अल्डरसट एफसीलाई समेत पोखरा लगेको थियो ।
२८ जनवरीमा फाइनल हुने उक्त प्रतियोगिताका प्रथम विजेतालाई ५ लाख रुपैयां पुरस्कार छ । उक्त लोकप्रिय प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १२ टिमले भाग लिंदैछन् । सहारा यूकेले प्रत्येक दिन म्यान अफ द म्याच ट्रफी प्रायोजन गर्नेछ । मीन अध्यक्ष भएपछि उनले ट्रफीसंगै म्यान अफ द म्याच विजेतालाई तीनहजार रुपैयां नगद समेत दिने निर्णय भएको छ ।
सहारा एकेडेमीको सहयोगार्थ फुटबल प्रतियोगिता हुन लागेको हो । सहारा पोखराले सहारा एकेडेमीमा २८ असहाय तथा गरिव वालवालिकालाई संरक्षण दिइरहेको छ । सहारा यूकेका नवनिर्वाचित अध्यक्ष मीनबहादुर गुरुङ (साइंला) ले आफ्नो संस्थाले सहारा एकेडेमीको दुई करोडको अक्षयकोष स्थापनामा यथाशक्य सहयोग गर्ने प्रतिवद्धता अनुरुप १० लाख रुपैयां उठाइसकेको जनाए ।
सहारा यूकेले बेलायतमा खेल विकास र नेपालमा विभिन्न सामाजिक काममा आफूलाई समर्पित गरिरहेको छ । गोरखामा भूकम्पबाट क्षतिग्रस्त एक विद्यालय भवन पुनर्निर्माण गरिसकेको उक्त संस्थाले सिन्धुपाल्चोकमा अर्को भवन बनाउंदैछ । सहारा यूकेका संरक्षक अरुण चौधरीले ति प्रोजेक्टमा सहयोग गरिरहेका छन् ।
अध्यक्ष गुरुङले डिभिजन वानमा रहेको सहारा यूकेलाई सन्डे लिगमा खेलाउने, बेलायतमा एभरेष्ट कप फुटबल आयोजना गर्ने र नेपालको टिम बेलायत ल्याएर यहांको क्लवसंग मैत्रीपूर्ण खेल खेलाउने आफ्नो प्राथमिकता सुनाए । सहारा यूकेले सन्डे लिगमा विगत ५ वर्षदेखि खेल्दै आएको छ ।
यही जुलाइमा नेपाली टिम र अल्डरसट एफसीबीच खेल खेलाउने योजना समेत छ ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग