काठमाडौँ, २९ पुस । साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ ।
साझाले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमौँबाट– वीरगन्ज, भैरहवा र पोखरा बागलुङ रुटमा चल्ने गाडीमा रु २० प्रतिशत भाडा घटाएको हो ।
सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार नयाँ कायम गरिएको भाडादरमा काठमाडौँदेखि वीरगन्जसम्म यसअघिको रु ४९० बाट घटाएर रु ३९२, भैरहवाको रु ५१० बाट रु ४०८ र पोखराको रु ३९० बाट रु ३१२ कायम गरिएको छ । साझाले २०७० वैशाखदेखि १६ वटा र २०७३ मङ्सिर १२ गतेदेखि ३० वटासमेत गरी ४६ वटा बसमार्फत काठमाडौँ उपत्यकामा सेवा पुरयाउँदै आएको जनाएको छ ।
साथै साझाले दसैँको अवसरमा गत असोज १६ गतेबाट उपत्यका बाहिरका चार गन्तव्यमा सेवा सुरु गरेकोमा काठमाडौँदेखि गोर्खा रुटमा चल्ने बससेवा विशेष कारणवस हालका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएको छ । साझाले उपत्यका बाहिरका चार रुटमा आठवटा बस सञ्चालन गर्दै आएको थियो । आगामी दिनमा सेवा विस्तार गरी सुविधान सम्पन्न बस थप्ने तयारी भएको साझाले जनाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने