
लन्डन । बेलायतस्थित नेपाली ब्यारिस्टर तथा लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई बेलायती महारानीले एउटा विशिष्ठ पदवी प्रदान गरेकी छन् । न्याय र कानुनको क्षेत्रमा विशिष्ठ योगदान गरेवापत वरिष्ठ कानुनवीदहरुलाई प्रदान गरिने बेलायतको एक विशेष पदवी मानार्थ क्वीन्स् काउन्सेल (क्यूसी) प्रदान गरिएको बेलायत सरकारले जानकारी दिएको छ । क्यूसीको शाब्दिक अर्थ महारानीको मानार्थ कानुनी सल्लाहकार हुन्छ ।
प्रा. सुवेदीलाई अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको क्षेत्रमा विशिष्ट योगदान गरेवापत उक्त पदवी दिइएको बेलायत सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त मान पदवी आगामी फेब्रुअरी १३ मा वेष्टमिनिष्टर हलमा एक विशेष समारोहबीच प्रदान गरिने छ ।
विज्ञप्तिमा प्रा. डा. सुवेदीलाई मानवअधिकार, न्याय र कानुनको क्षेत्रमा एक अन्तर्राष्ट्रिय स्तरको अभियन्ता उल्लेख गर्दै सुवेदीले बेलायतको परराष्ट्रमन्त्रीको मानवअधिकार कानुनको सल्लाहकारको रुपमा पांच वर्ष र संयुक्त राष्ट्रसंघको क्याम्बोडियाका लागि मानवअधिकार विशेष दूतको रुपमा ६ वर्ष काम गर्दा दिएको उल्लेखनीय योगदानको प्रशंसा गरिएको छ ।
सुवेदीसंगै बेलायतको न्याय र कानुन क्षेत्रमा लब्ध प्रतिष्ठित अरु पांचजना वरिष्ठ कानुनवीदहरुलाई पनि क्यूसीमा नियुक्त गरिएको छ ।
यसअघि बेलायती महारानीले सुवेदीलाई सन् २००४ मा अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत अफिसर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर (ओबिइ) उपाधि प्रदान गरेकी थिइन् । बेलायतको उक्त उच्च अवार्ड पाउने सुवेदी पहिलो थिए ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग