
लन्डन । बेलायतको सफल एउटा व्यवसायिक समूह एभरेष्ट इनले बेलायती विद्यार्थी र शिक्षकहरुलाई नेपालबारे अवगत गराएको छ ।
साउथ इष्ट लन्डनको चाल्टर्नमा अवस्थित चाल्टर्न म्यानर प्राइमरी स्कुलका ५७ विद्यार्थी र हेड टिचरसहित १२ जना शिक्षकलाई एक कार्यक्रम गरि नेपालबारे जानकारी दिइएको हो ।
एभरेष्ट इनमा आयोजित कार्यक्रममा उक्त समूहका अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारीले नेपाली कला संस्कृति, खाना, पर्यटन, देश, बुद्ध जन्मस्थल, सगरमाथा, बेलायत नेपाल दुई सय वर्षको सम्वन्ध आदिबारे जानकारी दिए । बेलायतीलाई नेपालबारे जानकारी दिंदै नेपालप्रतिको माया बढाउन यस्तो कार्यक्रम गरिएको समूहका निर्देशक यादव भण्डारीले बताए । कार्यक्रममा हेड टिचर टिम बेकरले आफूहरुको आतिथ्यका लागि आभार व्यक्त गर्दै विद्यार्थीहरुलाई नेपाल लैजानेबारे छलफल गरिने बताएका थिए ।
एभरेष्ट इनले यस्तो कार्यक्रम गरेको यो चौंथो वर्ष हो । एभरेष्ट इनले स्थानीय समुदायसंग समायोजन र नेपालको पर्यटन प्रवर्धनका लागि विगत देखि नै पहल गर्दै आएको छ । स्थानीय जिमी मिजन फाउण्डेशनसंग सहकार्य गरि विभिन्न च्यारिटी गरेको एभरेष्ट इनले गत वर्ष १८ जना बेलायतीलाई नेपाल भ्रमणमा पठाएको थियो । त्यसैगरि, लुइसाम नर्थ स्काउट्स अन्तर्गत ४१ जनालाई नेपालमा तीन साताको भ्रमण गराउन पनि एभरेष्ट इनले उल्लेख्य सहयोग गरेको थियो । एभरेष्ट इनका अध्यक्ष पशुपति भण्डारी गत वर्ष नेपाल पर्यटन बोर्डको यूके प्रतिनिधि चुनिएपछि भण्डारीले पर्यटन प्रवर्धनलाई तीव्रता दिएका छन् ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक