लन्डन । बेलायत सरकारको कडा अध्यागमन नियमले सेफ अभाव बढेको जनाउंदै नियम परिवर्तनका लागि दवाव दिन हस्ताक्षर अभियान शुरु भएको छ । टियर टु अन्तर्गत बाहिरबाट अनुभवी सेफ झिकाउन वा बेलायतमै स्पोन्सर गर्न नियम वाधक भएको भन्दै रेष्टुरेन्ट व्यवसायमा संलग्न हंसराज राम र बिष्णु खरेलले हस्ताक्षर अभियान शुरु गरेका हुन् ।
इ पिटिसनमा उनीहरुले सर्टेज अकुपेसन रुल परिमार्जन गर्न सरकारसंग माग गरेका छन् । सरकारको नियममा सेफहरु सर्टेज अकुपेशन लिष्टमा परेपनि टेक वे डेलिभरी गर्ने रेष्टुरेन्टबाट सेफ झिकाउन वा यूकेबाटै स्पोन्सर गर्न अनुमति छैन् । अधिकांश नेपाली रेष्टुरेन्टमा टेक वे डेलिभरी हुने भएकाले ति रेष्टुरेन्टले अभाव खेपिरहेको खरेलले बताए ।
दशहजार अनलाइन हस्ताक्षर पुगे सरकारले यसबारे जवाफ दिने र एक लाख पुगे संसदमै वहस हुने खरेलले बताए । खरेलका भनाइमा सेफ अभावले बेलायतमा नेपालीसहित एसियन करी विजनेश दयनीय अवस्थामा छन् ।
गार्डियनको एउटा रिपोर्ट अनुसार सेफ अभावले एक तिहाइ रेष्टुरेन्ट बन्द हुन सक्ने चिन्ता व्यवसायीमा छ । करिब ४.२ बिलियन पाउण्डको यस उद्योगले झण्डै लाखलाई रोजगारी दिएको छ ।
अनलाइन हस्ताक्षरका लागि निम्न लिंकमा जान सकिन्छ ।
https://petition.parliament.uk/petitions/169592
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ