लन्डन । बेलायत सरकारको कडा अध्यागमन नियमले सेफ अभाव बढेको जनाउंदै नियम परिवर्तनका लागि दवाव दिन हस्ताक्षर अभियान शुरु भएको छ । टियर टु अन्तर्गत बाहिरबाट अनुभवी सेफ झिकाउन वा बेलायतमै स्पोन्सर गर्न नियम वाधक भएको भन्दै रेष्टुरेन्ट व्यवसायमा संलग्न हंसराज राम र बिष्णु खरेलले हस्ताक्षर अभियान शुरु गरेका हुन् ।
इ पिटिसनमा उनीहरुले सर्टेज अकुपेसन रुल परिमार्जन गर्न सरकारसंग माग गरेका छन् । सरकारको नियममा सेफहरु सर्टेज अकुपेशन लिष्टमा परेपनि टेक वे डेलिभरी गर्ने रेष्टुरेन्टबाट सेफ झिकाउन वा यूकेबाटै स्पोन्सर गर्न अनुमति छैन् । अधिकांश नेपाली रेष्टुरेन्टमा टेक वे डेलिभरी हुने भएकाले ति रेष्टुरेन्टले अभाव खेपिरहेको खरेलले बताए ।
दशहजार अनलाइन हस्ताक्षर पुगे सरकारले यसबारे जवाफ दिने र एक लाख पुगे संसदमै वहस हुने खरेलले बताए । खरेलका भनाइमा सेफ अभावले बेलायतमा नेपालीसहित एसियन करी विजनेश दयनीय अवस्थामा छन् ।
गार्डियनको एउटा रिपोर्ट अनुसार सेफ अभावले एक तिहाइ रेष्टुरेन्ट बन्द हुन सक्ने चिन्ता व्यवसायीमा छ । करिब ४.२ बिलियन पाउण्डको यस उद्योगले झण्डै लाखलाई रोजगारी दिएको छ ।
अनलाइन हस्ताक्षरका लागि निम्न लिंकमा जान सकिन्छ ।
https://petition.parliament.uk/petitions/169592
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग