लण्डन । लण्डनका नेपाली व्यावसायीहरु सम्मिलित नेपलिज कोअपरेटिभ इन्भेस्टमेन्ट लिमिटेड (एनसिआई) युकेको तेस्रो साधारणसभा सम्पन्न भएको छ । ब्ल्याकहिथस्थित एभरेष्ट इनमा शनिबार भएको सो साधारणसभाको अध्यक्षता अध्यक्ष मोहन गुरुङले गरेका थिए भने संचालन सचिव अर्कराज तिम्सिनाले गरेका थिए ।
साधारण सभामा सचिव तिम्सिनाले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष एलएन पाण्डेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कोषाध्यक्ष पाण्डेले एनसिआई गठनको औचित्य र उद्देश्यका बारेमा तयार पारिएको पावर प्वाइन्ट प्रेजेन्टेसन पनि प्रस्तुत गरेका थिए ।
यस्तै लेखा तथा आर्थिक अनुशासन समितिका टीकाराम सापकोटा, बालजंग अर्याल, बिज्नेस डेभलपमेण्ट कमिटीका सुरज मास्के र दीपक भट्टराई तथा एनसिआई नेपाल शाखाका निर्देशक क्याप्टेन हितमान गुरुङको प्रतिवेदन पनि पेश गरिएको थियो ।
१५० सदस्य रहेका एनसिआईका सदस्यहरुले न्यूनतम मासिक १०० पाउण्ड जम्मा गर्ने गर्दछन् । एनसिआईले हालसम्म तीनवटा घर किनिसकेकोमा एउटा बेचिसकेको छ भने थप दुईवटा घर लिने प्रक्रियामा छ । यस्तै, नेपालमा अर्गानिक फार्ममा लगानी गरिसकेको छ ।
अध्यक्ष गुरुङले एनसिआइलाई युरोपमा विस्तार, नेपालमा सोलार पावरमा लगानी गर्ने लगायतका बारेमा साधारणसभामा छलफल भएको जानकारी दिए ।
८३ जना सदस्यहरुको उपस्थिति साधारणसभामा रहेको थियो । साधारणसभाले कमल भण्डारीलाई लेखा समितिमा नियुक्त गरेको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ