लण्डन । लण्डनका नेपाली व्यावसायीहरु सम्मिलित नेपलिज कोअपरेटिभ इन्भेस्टमेन्ट लिमिटेड (एनसिआई) युकेको तेस्रो साधारणसभा सम्पन्न भएको छ । ब्ल्याकहिथस्थित एभरेष्ट इनमा शनिबार भएको सो साधारणसभाको अध्यक्षता अध्यक्ष मोहन गुरुङले गरेका थिए भने संचालन सचिव अर्कराज तिम्सिनाले गरेका थिए ।
साधारण सभामा सचिव तिम्सिनाले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष एलएन पाण्डेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कोषाध्यक्ष पाण्डेले एनसिआई गठनको औचित्य र उद्देश्यका बारेमा तयार पारिएको पावर प्वाइन्ट प्रेजेन्टेसन पनि प्रस्तुत गरेका थिए ।
यस्तै लेखा तथा आर्थिक अनुशासन समितिका टीकाराम सापकोटा, बालजंग अर्याल, बिज्नेस डेभलपमेण्ट कमिटीका सुरज मास्के र दीपक भट्टराई तथा एनसिआई नेपाल शाखाका निर्देशक क्याप्टेन हितमान गुरुङको प्रतिवेदन पनि पेश गरिएको थियो ।
१५० सदस्य रहेका एनसिआईका सदस्यहरुले न्यूनतम मासिक १०० पाउण्ड जम्मा गर्ने गर्दछन् । एनसिआईले हालसम्म तीनवटा घर किनिसकेकोमा एउटा बेचिसकेको छ भने थप दुईवटा घर लिने प्रक्रियामा छ । यस्तै, नेपालमा अर्गानिक फार्ममा लगानी गरिसकेको छ ।
अध्यक्ष गुरुङले एनसिआइलाई युरोपमा विस्तार, नेपालमा सोलार पावरमा लगानी गर्ने लगायतका बारेमा साधारणसभामा छलफल भएको जानकारी दिए ।
८३ जना सदस्यहरुको उपस्थिति साधारणसभामा रहेको थियो । साधारणसभाले कमल भण्डारीलाई लेखा समितिमा नियुक्त गरेको छ ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग