लन्डन । हाल बेलायती जेलमा रहेका आफ्नो छोरालाई ‘उद्दार’ गरिदिन उनका बाबुले अपिल गरेका छन् । बलबहादुर थापाले काठमाण्डौं परराष्ट्र मन्त्रालयमा छोरा रेशम थापाको बेलायती जेलबाट उद्दार गरि पाउं भन्दै निवेदन दिएका हुन् । बाबुले छोरालाई नेपाल फर्काउने वातावरण बनाइदिन अपिल गरेका छन् ।
निवेदनमा थापाले आफ्नो छोरा विगत ५, ६ वर्षदेखि बेलायत बस्दै आएको र शरणार्थीका रुपमा स्थायी बसोवास पाउं भनि निवेदन दिएर मुद्दाको फैसला विचाराधिन अवस्थामा रहेकै बेला प्रहरीले झुटो मुद्दा लगाइ गत मंसिर १ गते पक्राउ गरेको जिकिर गरेका छन् ।
लमजुंग भोर्लेटार ८ निवासी रेशम बेलायतको हाइ डाउन लेन सटनस्थित जेलमा छन् । तर, थापाले शरणार्थी हुन पाउं भनि दिएको निवेदनमा नक्कली कागजात पेश गरेपछि प्रहरीले पक्राउ गरेको श्रोतको दावी छ ।
परराष्ट्रले लन्डनस्थित नेपाली दूतावासलाई आवश्यक काम कारवाही गर्न अनुरोध गरेको छ ।
थापाको परिवारसंग निकट रहेका अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले नेपालमा थापाको परिवार मानसिक तनावमा रहेको जनाउंदै नेपाल फर्काउनका लागि पहल गरिदिन नेपाली दूतावास र बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेका छन् ।
यसैबीच, लन्डनस्थित नेपाली दूतावासले थापालाई जेलमा गएर भेटिइसकेको जनाउंदै आवश्यक पहल भइरहेको जनाएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ