लन्डन । हाल बेलायती जेलमा रहेका आफ्नो छोरालाई ‘उद्दार’ गरिदिन उनका बाबुले अपिल गरेका छन् । बलबहादुर थापाले काठमाण्डौं परराष्ट्र मन्त्रालयमा छोरा रेशम थापाको बेलायती जेलबाट उद्दार गरि पाउं भन्दै निवेदन दिएका हुन् । बाबुले छोरालाई नेपाल फर्काउने वातावरण बनाइदिन अपिल गरेका छन् ।
निवेदनमा थापाले आफ्नो छोरा विगत ५, ६ वर्षदेखि बेलायत बस्दै आएको र शरणार्थीका रुपमा स्थायी बसोवास पाउं भनि निवेदन दिएर मुद्दाको फैसला विचाराधिन अवस्थामा रहेकै बेला प्रहरीले झुटो मुद्दा लगाइ गत मंसिर १ गते पक्राउ गरेको जिकिर गरेका छन् ।
लमजुंग भोर्लेटार ८ निवासी रेशम बेलायतको हाइ डाउन लेन सटनस्थित जेलमा छन् । तर, थापाले शरणार्थी हुन पाउं भनि दिएको निवेदनमा नक्कली कागजात पेश गरेपछि प्रहरीले पक्राउ गरेको श्रोतको दावी छ ।
परराष्ट्रले लन्डनस्थित नेपाली दूतावासलाई आवश्यक काम कारवाही गर्न अनुरोध गरेको छ ।
थापाको परिवारसंग निकट रहेका अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले नेपालमा थापाको परिवार मानसिक तनावमा रहेको जनाउंदै नेपाल फर्काउनका लागि पहल गरिदिन नेपाली दूतावास र बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेका छन् ।
यसैबीच, लन्डनस्थित नेपाली दूतावासले थापालाई जेलमा गएर भेटिइसकेको जनाउंदै आवश्यक पहल भइरहेको जनाएको छ ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग