लन्डन । तमु समाज यूकेले गत शनिबार च्य ल्होछार (चरा वर्ग) भव्य कार्यक्रम गरि मनाएको छ । ह्यारो लिजर सेन्टरमा आयोजित उक्त कार्यक्रममा सयौं सहभागी भए । सांगीतिक माहोलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समाजले बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी दम्पतिलाई औपचारिक स्वागत गरयो ।
समाजका महासचिव ज्ञानबहादुर गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा वक्ताहरुले तमुहरुको महान पर्व ल्होछारका अवसरमा शुभकामना दिए । प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले शुभकामना मन्तव्य दिंदै बेलायतमा पनि तमुहरुले आफ्नो कला, संस्कृति र भेषभूषा जोगाइ राखेको धारणा राखे । ल्होछार तमुहरुको मात्र नभइ राष्ट्रिय पर्व भएकाले यसले नेपालीहरुलाई एकसूत्रमा बांधेको पनि राजदूतको भनाइ थियो ।
समाजका अध्यक्ष अर्जुनकुमार गुरुङले शुभकामना दिंदै स्वागत गरेका थिए । उनले च्यारिटीमा दर्ता भएको आफ्नो समाजले हालसम्म गरेका गतिविधिबारे पनि प्रकाश पारे । विशेष अतिथी ब्रेन्ट काउन्सिलका डेपुटी मेयर भगवानजी चौहानले पनि शुभकामना दिए ।
कार्यक्रममा समाजको हाउजिङ प्रोजेक्टका संयोजक एवं सल्लाहकार सुवसिंह गुरुङले प्रोजेक्टको अपडेट गराउंदै ब्रेन्ट काउन्सिलले भवन दिनेबारे सकारात्मक रुपमा कुरा अगाडि बढेको जानकारी दिए । स्मरणरहोस्, समाज आफ्नै सामुदायिक भवन बनाउन केही वर्षयता जुटिरहेको थियो ।
बेलायत र नेपालको राष्ट्रिय गीत बज्नुअघि कार्यक्रम संयोजक केदारबहादुर गुरुङले हेल्थ एण्ड सेफ्टी ब्रिफ गरेका थिए ।
असिस्टेन्ट कल्चरल सेक्रेटरी श्रीमति लक्ष्मी गुरुङको कोरियोग्राफीमा आयोजित सांस्कृतिक कार्यक्रम र उत्कृष्ट नाचले सहभागीको ध्यान आकृष्ट गर्यो । कार्यक्रममा यम गुरुङ र निर्मला गुरुङले गायनमार्फत दर्शकलाई भरपुर मनोरन्जन दिए । आमा समूहकी अध्यक्ष माया गुरुङको नेतृत्वमा समूहको तर्फबाट नाच समेत प्रस्तुत गरिएको थियो । दोश्रो चरणको कार्यक्रम निरज गुरुङ र लक्ष्मी गुरुङले सञ्चालन गरेका थिए ।
समाजले उक्त अवसरमा विभिन्न व्यक्तित्वलाई उत्कृष्ट समाज सेवा सम्मानपत्र समेत प्रदान गरयो । साथै समाजका नयां र आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरियो । समाजले सन् २०१६ मा ग्रयाजुएट्स र मास्टर्स डिग्री उत्तिर्ण हुने विद्यार्थीलाई सर्टिफिकेट अफ अचिभमेन्ट पनि प्रदान गरेको थियो । प्रमुख अतिथी राजदूत डा. सुवेदी, विशेष अतिथी ब्रेन्ट काउन्सिल डेपुटी मेयर भगवानजी चौहान, समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ र वर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङले विभिन्न सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा समाजकी उपाध्यक्ष श्रीमति बिजु गुरुङले धन्यवाद मन्तव्य दिइन् । डिजे चांद लामाको गीतसंगीतमा राती अबेरसम्म सहभागी नाचेका थिए । कार्यक्रममा रारा क्याटरर्सले खाना उपलव्ध गराएको थियो ।
तस्विरहरुः मिलन तमु
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग