लन्डन । बेलायतमा रहेका नेपालीमुलका वकिलहरूको संगठन ब्रिटेन नेपाल लयर्स एसोसिएनमा नयां नेतृत्व चयन भएको छ ।
शनिबार सम्पन्न साधारणसभाले ब्यारिस्टर देवेन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको महासचिवमा अमृत खरेल, प्रवक्ता गोविन्द बेल्वासे, कोषाध्यक्ष उमेश शाह छन् भने सदस्यहरूमा प्रकाश पोखरेल, उत्तरमान तिगेला, जुना पोते राणा, कोपिला सिटौला र सन्दीप पौडेल चुनिएका छन् ।
कार्यसमितिमा पूर्व अध्यक्ष पदेन सदस्य रहने र नवनिर्वाचित अध्यक्षले निकट भविष्यमा दुई सदस्य थप गर्ने प्रावधान छ ।
वेब्रीज अवस्थित दी ग्रेट गोर्खाज रेस्टुरेन्टको सभाकक्षमा सम्पन्न साधारणसभाले निवर्तमान अध्यक्ष सोलिसिटर राजु थापा नेतृत्वको कमिटीलाई संगठनको पहिलो सफल कार्यकालका लागि धन्वबाद ज्ञापन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि कानुन तथा न्याय मन्त्रालयका पूर्व सचिव त्रिलोचन उप्रेतीले बेलायत र नेपालमा समेत कानुनको शासन र प्रजातन्त्र दिगो गर्न संस्थाले भूमिका निभाउने आशा व्यक्त गरे । संस्थाका संरक्षक प्रा. डा. सूर्य सुवेदीले नयाँ नेतृत्वले बेलायतमा रहेका कानुन पेशामा आवद्ध हुन चाहने नयाँ पुस्तालाई प्रोत्साहन तथा सहयोग गर्नुका साथै नेपाली समुदायमा सद्भाव र अमनचयनका लागि कानुनी सेवा उपलब्ध गराउन सकारात्मक भूमिका निभाउने अपेक्षासहित शुभकामना सहित नयाँ कार्यसमितिलाइ बधाई ज्ञापन गरे ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग