काठमाडौँ, २४ पुस । सभामुख ओनसरी घर्तीलाई नेपाल आदिवासी जनजाति महासङ्घले आज संविधान संशोधन र राज्य पुनःसंरचनासम्बन्धी २० बँुदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
महासङ्का अध्यक्ष जगतबहादुर बरामको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले संविधान सशोधनको प्रस्तावका विषयमा आफूहरुसँग अविलम्ब छलफल गरी महासङ्घका मागलाई समावेश गर्न माग गरेको छ ।
राज्यको पुनःसंरचना गर्दा पहिचान, स्वायत्तता र स्वशासनसहितको संरचना रहने गरी संशोधन गर्न माग गर्दै ज्ञापनपत्रमा आदिवासी जनजातिहरु पहिचानसँग जोडिएकाले प्रदेश, स्थानीय तह, विशेष संरक्षित र स्वायत्त क्षेत्रको नामाङ्कन ऐतिहासिक थातथलो, भाषिक, सांस्कृतिक पहिचानका आधारमा हुनुपर्नेमा जोड दिइएको छ ।
जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई मुख्य आधार मानी मिश्रित निर्वाचन प्रणालीमा ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष प्रतिनिधित्व हुने व्यवस्थालाई सवैधानिक सुनिश्चितता दिन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
नेपालको संविधानको मौलिक हकमा आदिवासी जनजातिको हकलाई छुट्टै धारामा व्यवस्थित गर्न माग गर्दै महासङ्घले नेपालको कुनै एक धर्म र एकल जातीय आधारमा राष्ट्रिय चिह्न तोकिएको हँुदा त्यसलाई हटाउनुपर्ने लगायत माग राखेको छ । सो अवसरमा महासङ्घका अध्यक्ष बरामले सङ्घीयता गणतन्त्र र धर्मनिरपेक्षतालाई बलियो तुल्याउँदै समृद्ध नेपाल बनाउने सपनालाई साकार तुल्याउन योगदान पुगोस् भन्ने हेतुले ज्ञापनपत्र प्रस्तुत गरिएको बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे