लन्डन । भूपू ब्रिटिश गोर्खाहरुका माग समाधानका लागि बेलायत र नेपाल सरकाबीच वार्ता सकारात्मक रुपमा अघि बढेको छ । वार्ताका लागि दवावमुलक कार्यक्रम गरेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले दुबै सरकारले भूपू गोर्खाहरुका समस्या ढिलै भएपनि बुझेर समाधानतर्फ अग्रसर भएको बताएको छ ।
‘दुबै सरकारले हाम्रा समस्या समाधान गर्न चाहेका देखिएको छ’, सत्याग्रह समितिका अभियान निर्देशक ज्ञानराज राईले भने, ‘नेपाल सरकार पहिलो पटक राष्ट्रिय महत्वको समस्या मान्दै कुटनैतिक पहलका लागि अग्रसर भएको छ । ढिलै भएपनि अन्याय भएको स्वीकार गरेर उनीहरुले वार्ता अगाडि बढाउनुलाई हामीले सकारात्मक ठानेका छौं ।’
बेलायत र नेपाल सरकारका प्रतिनिधि (राजदूतावास) बीच गत डिसेम्बर १९ मा पहिलो प्रारम्भिक बैठक भइसकेको छ । आगामी वार्तामा गोर्खा प्रतिनिधिहरु समेत सहभागी हुने अपेक्षा छ । वार्तामा गेसोले उपस्थिति नरहने बताएपनि बिजिडब्लुएस् भने सहभागी हुने विश्वास समितिलाई छ ।
यसै सन्दर्भमा बेलायती रक्षा मन्त्रालय (एमओडी) अधिकारी आगामी ६ फेब्रुअरीमा नेपाल भ्रमण जाने तयारीमा रहेको राईले जानकारी दिए । नेपाल भ्रमणका क्रममा बेलायती अधिकारीले विभिन्न राजनीतिक पार्टी, भूपू गोर्खाहरु देखि राष्ट्रपतिसम्मलाई भेटेर उनीहरुको धारणा बुझी १३ फेब्रुअरीमा बेलायत फर्कने कार्यक्रम छ । उक्त अवसरमा सत्याग्रह समितिले प्रमुख संयोजक कृष्णबहादुर राईलाई नेपाल पठाउने भएको छ ।
यसैबीच सत्याग्रह समितिले बेलायत नेपाल वार्ता कसरी अगाडि बढ्दैछ भन्नेबारे जानकारी दिन विभिन्न शहरमा जानकारी सभा गरिरहेको छ । समितिले हालसम्म रेडिङ, स्वीन्डन, अल्डरसट, उलवीच र आसफोर्डमा जनसभा गरिसकेको छ ।
समितिले भूपू गार्खाहरुलाई समान पेन्सन, वयस्क छोराछोरीलाई बिना शर्त आवासीय भिजा, क्षतिपूर्ति, नेपालमा रहेका भूपू गोर्खा तथा तिनका परिवारलाई शतप्रतिशत स्वास्थ्य सुविधा तथा कटौती (रिडन्डेन्सी) मा परेकालाई पनि औपचारिक पेन्सन दिनुपर्ने लगायत माग राख्दै आएको छ ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत