आफ्नो कृति लिएर लन्डन आइपुगे जीवा

15935438_10154127083058639_832934809_o
लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका 
संरक्षक जीवा लामिछाने आफ्नो नयां कृति ‘सरसर्ती संसार’ को बेलायत विमोचनका लागि लन्डन आइपुगेका छन् । लामिछाने शुक्रबार बिहान लन्डन उत्रिएका हुन् । लामिछानेको स्वागत गर्न गैर आवासीय नेपाली संघका सल्लाहकार विश्वआदर्श पण्डित, गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य, नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जिवी ढकाल लगायत विमानस्थल पुगेका थिए ।

लामिछानेको नियात्रा ‘सरसर्ती संसार’ को बेलायत विमोचन यही आइतबार (जनवरी ८ तारिख) लन्डन इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा हुने कार्यक्रम छ । लोकार्पण समारोहमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित बेलायतका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, सञ्चारकर्मी लगायत उपस्थित हुनेछन् । कार्यक्रमका अवसरमा सहभागीले लामिछानेसंग प्रत्यक्ष साक्षात्कार गर्न पाउनेछन् ।

उक्त कृति यसअघि नेपाल, मस्को र तान्जानियामा विमोचन भइसकेको छ । कृतिमा एनआरएनए पूर्व अध्यक्ष लामिछानेले विश्वका पांचै महादेश घुम्दाका अनुभव संग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री