
अल्ट्राम्याराथनका अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई बिहीबार झापाको दमकमा रु २८ लाखको चेकसहितको सम्मानपत्र हस्तान्तरण गरिँदै । मिरालाई बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङलगायतका पाँच वटा संस्थाको पहलमा नगदसहित सम्मान गरिएको हो । तस्बिर ः यज्ञराज आङदेम्बे, झापा, रासस
लन्डन । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई बेलायतवासी नेपालीको तर्फबाट उच्च सम्मान भएको छ । अल्ट्रा म्याराथन खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा नै देशको नाम राख्न सफल भएको भन्दै उनलाई २८ लाख रुपैयांसहित सम्मान गरिएको हो ।
सगरमाथा तेक्वान्दो डोजाङ यूकेको सहकार्यमा बेलायतस्थित आधा दर्जन संघसंस्थाले संकलन गरेको २८ लाख रुपैयां बिहिबार दमकमा एक कार्यक्रम गरी राईलाई सम्मान गरिएको हो । मिरालाई बेलायतस्थित किरांत राई यायोख्खा यूके, जेन मार्शल आर्ट एकेडेमी यूके, भोजपुर समाज यूके र नेपाल युथ अगनाइजेसन यूकेले एकैसाथ सम्मान गरेका हुन् ।
कार्यक्रम संयोजक तथा सगरमाथा तेक्वान्दो डोजाङ यूकेका संस्थापक मास्टर राष्ट्रकुमार राईले मिराले अल्ट्रा म्याराथनमार्फत नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा नै चिनाउन गरेको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको बताएका छन् ।
भोजपुर सानो दुंगला ९ मा जन्मिएकी मिरा पूर्व जनमुक्ति सेना हुन् । उनी सेना समायोजनका क्रममा उमेर नपुगेका कारण अयोग्य ठहरिएपछि खेल क्षेत्रमा लागेकी थिइन् ।
सन् २०१४ सेप्टेम्बरमा इटालीमा भएको प्रतियोगिता उनको जीवनमा पहिलो अन्तर्राष्ट्रिय स्तरको थियो । फ्रान्स, हङकङ, बेलायत लगायत देशमा सहभागी भएर उपाधि जितिसकेकी उनी हालैमात्र नेशनल जिओग्राफिक च्यानलको एडभेन्चरर्स अफ दि इयर २०१६ उपाधि समेत जित्न सफल भएकी थिइन् ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग