काठमाडौँ, २१ पुस । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले राससलाई बताउनुभयो ।
भूकम्पपछिको पुनःनिर्माणका काम द्रुत गतिमा सम्पादन गर्न नसकेको भन्दै सरकारले ज्ञवालीलाई गतसाता स्पष्टीकरण सोधेको थियो ।
उहाँले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पदमुक्त गर्ने निर्णय सरकारले गरेको जानकारी दिँदै मन्त्रिपरिषद्का ती सदस्यले ‘ज्ञवालीजीलाई पदमुक्त गर्ने सम्बन्धमा केही प्रक्रिया बाँकी रहेकाले साँझसम्ममा निर्णय सार्वजनिक हुने’ बताउनुभयो ।
सरकारबाट आफूलाई पदमुक्त गरेको पत्र प्राप्त हुनेबित्तिकै कानुनी उपचारको बाटो खोज्ने तयारीमा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली रहनुभएको प्राधिकरणका एक अधिकारीले जानकारी दिनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस