लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले वरिष्ठ संस्कृतिवीद डा. सत्यमोहन जोशीको ९५ औं जन्मोत्सव र महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औं जन्मजयन्ती हर्षोल्लासका साथ मनाएको छ । लन्डनस्थित एबीआइ कलेज हलमा जोशीलाई सत्यमोहन जोशी शताव्दी महोत्सव समिति बेलायतका संयोजक साहित्यकार सुरेशजंग शाहले अभिनन्दन र कवि कोमलप्रसाद श्रेष्ठ मल्लले काव्यिक सम्मानपत्र वाचन सहित तालीले सम्मान गरिएको हो । पछि समारोहका प्रमुख अतिथी परिषदका पदेन संरक्षक कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले उक्त सम्मानपत्र त्रिमुर्ती निकेतन सत्यमोहन जोशी शताव्दी मुल समारोह समिति नेपालमा पठाउन परिषदका वरिष्ठ सहअध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ललाई हस्तान्तरण गरेका थिए ।
समारोहमा कार्यवहाक राजदूत क्षेत्रीले परिषदका निवर्तमान अध्यक्ष हरिसिंह थापाद्धारा लिखित करेसाको फूल कविता संग्रह र उत्तराखण्ड चारधाम यात्रा संस्मरण पुस्तकको लोकार्पण समेत गरे । साथै, नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय २०० औं आदिकवि भानुभक्त आचार्य मुल समारोह समितिद्धारा स्वर्ण पदक र प्रमाणपत्रबाट सम्मानित कवि, साहित्यकार र समाजसेवीहरुलाई सुशोभित गरेका थिए । सुशोभित हुने कवि तथा लेखकहरुमा खगेन्द्र नेपाली, कोमलप्रसाद श्रेष्ठ मल्ल, गोपीकृष्ण प्रसाईं, विश्वासदीप तिगेला, सोलिसिटर राजु थापा, खगेन्द्र पाठक, दौलत कुमार राई, सनम बैराग, किरण टी लिम्बु र घनबहादुर थापा थिए ।
कार्यक्रमको दोश्रो चरणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औं जन्मजयन्तीबारे मनाइयो । उक्त चरणमा प्रमुख अतिथी कार्यवहाक राजदूत क्षेत्री र यती एसोसिएसनका पूर्व अध्यक्ष समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओविइ) ले महाकवि देवकोटा र संस्कृतिवीद जोशीको साहित्यिक योगदानबारे चर्चा गर्दै परिषदको सम्मान र जन्मजयन्ती मनाउने परम्पराको प्रशंसा गरे । यस्ता कार्यले नेपाली भाषाको जग बलियो बनाउन सहयोग गर्ने उनीहरुको विश्वास थियो ।
कार्यक्रमका सभापति परिषद अध्यक्ष खगेन्द्र नेपालीले साहित्य र जीवनको गहन सम्वन्धबारे प्रकाश पारे । स्वागत मन्तव्य दिंदै परिषदका संस्थापक तथा महोत्सव संयोजक साहित्यकार सुरेशजंग शाह, अमेरिकाबाट आएका कवि तथा समालोचक डा. हरिराज भट्टराई, विश्व साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेला र यती एसोसिएसनका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद शर्माले देवकोटाको साहित्यिक योगदान र संस्कृतिवीद जोशीको व्यक्तित्व एवं सांस्कृति अन्वेषण योगदानबारे चर्चा गरेका थिए ।
समारोहमा विश्व नेपाली साहित्य महाषंघका कोषाध्यक्ष केदार सुनुवार संकेत, अन्तर्राष्ट्रिय नेपाली बांगमय प्रतिष्ठानका बोर्ड अफ ट्रष्टी अध्यक्ष खगेन्द्र पाठक, अन्तर्राष्ट्रिय साहित्य समाज बेलायत शाखाका अध्यक्ष डा रुपक श्रेष्ठ, नेपाल महिला संघ बेलायतकी अध्यक्ष श्रीमती आरती श्रेष्ठ, लयर्स एशोसियसन यूकेका अध्यक्ष सोलिसिटर राजु थापा लगायत व्यक्तिहरुको सहभागिता थियो ।
उक्त अवसरमा आयोजित कवि गोष्ठीमा नवराज घिमिरे, किरण टि लिम्बु, गोपि कृस्न प्रसाई, खगेन्द्र पाठक, हरि सिं थापा, डा रुपक श्रेष्ठ, डा हरिराज भट्टराई, रुद्र अधिकारि, केदार संकेत, सुरेशजंग शाह, विश्वासदीप तिगेला, कोमल प्रसद श्रेष्ठ मल्लले कविता तथा गजल वाचन गरे ।
उक्त कार्यक्रम संचालन परिषदका कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत र वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लबाट भएको थियो । दिवाभोज समेत राखिएको उक्त कार्यक्रममा जलपान प्रायोजन गर्ने साहित्यकार, रेस्टुरेन्ट व्यवसायी दौलत कुमार राई, सभाहल व्यबस्था गर्ने परिषदका वरिष्ठ कार्यालय सचिब कृष्ण भट्ट र व्यवस्थापन तर्फ कोहिनूर श्रेष्ठ मल्ल लगायतलाई धन्यवाद दिइयो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]