लन्डन । नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै बेलायतस्थित अल्डरसटको निरमाया रोधीघरमा एभरेष्ट इन्टरटेन्टमेन्ट (ई–मिडिया हब) कम्पनीको शुरूवात भएको छ । बेलायतवासी नेपाली युवाहरुको सक्रियतामा गायक, गायिकालगायत पत्रकारहरुको समूहले उक्त कम्पनी खोलेको हो । इश्वर चाम्लिङ राई, मितेश गुरुङ, जानुका राई, किशोर गुरुङ, सीता शेरचन, कृष्णराज मेयाङवो, अनिला राई, दिपक राई, किरण चाम्लिङ राई, नवराज राई, भूमिराज राई, प्रेम गरुङ, भूपदेव राई, किसन राई र मुकेश राईको संयुक्त लगानीमा बैधानिक रुपमा दर्ता भएको एभरेष्ट इन्टरटेन्टमेन्ट (इ–मेडिया हब) कम्पनीको उद्घाटन शनिबार भएको हो ।
कार्यक्रममा कम्पनीकी मिडिया विभाग प्रमुख जानुका राईले उपस्थित पाहुनाहरुलाई स्वागत गरेकी थिइन् । कम्पनीका सिइओ इश्वर चाम्लिङ राईले बेलायतवासी नेपाली समाज र नयाँ पुस्ताका लागि नेपाली भाषा, साहित्य, कला र प्रतिभा उजागर गर्दै आफ्नो संस्कारलाई जीवित राख्ने उद्देश्यले कम्पनी सुरु गरिएको प्रष्ट्याए ।
कार्यक्रममा गायक नोर्देन तेन्जिङ भूटिया, एनआरएनए युके उपाध्यक्ष योग फगामी, नेपाली चलचित्र कबड्डी र पुरानो डुंगाका निर्देशक रामबाबु गुरुङले कम्पनीलाई शुभकामना दिएका थिए । कम्पनीका सदस्यहरु किशन राई, अनिला राई, प्रेम गुरुङ, किशोर गुरुङ र कुष्णराज मेयाङवोले गीत, संगीत पस्केर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे ।
उक्त कार्यक्रममा किरात राई यायोक्खा केन्द्रका वरिष्ठ उपाध्यक्ष दिलकुमार राई, उपाध्यक्ष शंकर राई र महासचिव जितेन्द्र साम्पङ राई, मोना यूकेका सम्पूर्ण टिम लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।
सोचेभन्दा बढि अतिथीहरुको उपस्थितिले कार्यक्रम अत्यन्तै सफल भएको आयोजकको दावी छ । कार्यक्रमको अर्को उद्देश्य अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नु पनि थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]