लण्डन । दक्षिण पश्चिम इंगल्याण्डको स्वीण्डन शहरमा एक महिलामाथि सांघातिक हमला गरेको अभियोगमा एक नेपालीलाई पक्राउ गरिएको छ।
गत बिहीबार स्थानीय बडबेरी पार्कमा एक ३६ वर्षीय महिलालाई गम्भीर कुटपिट गरेको आरोप लगाउँदै प्रहरीले स्वीण्डन निवासी विकास गुरुङलाई पक्राउ गरेको एउटा अनलाईनसमाचार पोर्टल thisiswiltshire.co.uk ले जनाएको छ।
उक्त पोर्टलका अनुसार ४१ वर्षीय गुरुङलाई तीन दिनअघि मजिस्ट्रेट सामु उपस्थित गराइएको थियो।
उनले आफु दोषी भए वा नभएको केही बताएनन्, तर मजिस्ट्रेटले उनलाई थुनामा राखी राख्न आदेश दिए।
अब आउँदो फेब्रुअरी ३ तारिखमा उनलाई स्वीण्डन क्राउन कोर्टमा उपस्थित गराइने छ।
प्रहरीले गुरुङले कुटपिट गरेको भनिएकी महिलाको अस्पतालमा उपचार भैरहेको र उनको स्थिति गम्भीर रहेको जनाएको छ।
ती महिलाको परिचय खुलाइएको छैन।
ती महिलामाथि किन आक्रमण गरियो भन्नेबारे पनि समाचारमा केही जनाइएको छैन।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण