
लन्डन । हाल बेलायतको सांगीतिक भ्रमणमा रहेका बीग आइकन २०१६ वीनर साजन आले र सन् २०११ का वीनर सुमन गौतमले नयां वर्षकै दिन आइतबार जोडदार प्रस्तुति दिएका छन् । उनीहरु निरमाया रोधीघरको एउटै स्टेजमा उत्रिएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिए । अरु बेला लोक दोहोरी माहोल बन्ने निरमाया नयां वर्षमा भने बिल्कुल फरक वातावरणमा रम्यो । कार्यक्रममा आले र गौतमले मस्की मस्की हिंडेर जानेले…, यो मन त मेरो नेपाली हो…लगायत गीत संगै गाउंदा नाच्ने तन्नेरीको कमी रहेन ।
नेपलिज इन्टरटेन्मेन्ट यूकेले उक्त सांगीतिक कार्यक्रमको चांजोपांजो मिलाएको थियो । कार्यक्रममा आलेले पिलायो साथीले…तालको पानी, ओय झुमा झुम्कावाली, म बिना कसै कसैलाई मुश्किल छ पोखरामा, बल्ल बल्ल भेट भो दर्शन नमस्ते जस्ता दर्जन बढि गीत गाएर माहोल तताए ।
लामो समय आम्सट्रडममा बसेर अंग्रेजी गायनमा रमेका गौतमले अंग्रेजी नेपाली दुवै खालका गीत गाए । कार्यक्रममा बीच बीचमा निरमायाकै गायक मधुसुदन थापाले पनि गाएर नचाए ।
आयोजक नेपलिज इन्टरटेन्मेन्ट यूकेले दुवै आइकनहरुलाई आर्थिक सहयोग समेत गरेको छ । उक्त कार्यक्रम बीरेन्द्र खड्का, अनिल मल्ल, दीपक खडका, राजेन्द्र गुरुङ लगायतको पहलमा भएको हो । कार्यक्रम सफल बनाउन युरोपको नेपालीपत्रका डिरेक्टर अफ अपरेसन्स् (यूके) सिद्धार्थविक्रम क्षेत्री र निरमायाका गणेश गुरुङले पनि साथ दिएका थिए ।
बिग आइकन साजन आलेले नेपाल फर्कनुअघि अब अन्तिम कार्यक्रम प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा यही ४ जनवरी बुधबार सांझ गर्ने भएका छन् । उनी बेलायतमा खुबै व्यस्त रहे । उनले तमुधिं यूकेको ल्होछार, प्रवासी नेपाली मञ्चको स्थापना दिवस कार्यक्रम, क्याम्बर्ली शो एसिया, गोल्डेनसीप र चौतारी रेष्टुरेन्ट लगायत ठाउंमा गाइसकेका छन् । आले बिग एफएमका अध्यक्ष महेश भण्डारीको साथ बेलायत आएका हुन् ।
तस्विरः शिव भण्डारी
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई