लन्डन । लन्डनवासी चर्चित गायिका शर्मिला बर्देवा नयां वर्षमा दर्शक श्रोतालाई नयां सांगीतिक उपहार लिएर आएकी छन् । बर्देवाले गाएको माया जाल…गीतको म्यूजिक भिडियो आइतबार अंग्रेजी नयां वर्षकै दिन लन्डनबाट सार्वजनिक गरिएको छ । हाल बेलायत भ्रमणमा रहेका बिग आइकन साजन आलेले उक्त म्यूजिक भिडियो सार्वजनिक गरे । अग्रजहरुले नयां प्रतिभालाई अवसर र हौसला दिनुपर्ने बताउंदै बर्देवाले साजनको हातबाट म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् । उक्त गीत कोमल मल्लले लेखेका हुन् भने कम्पोज एवं एरेन्ज किरण भण्डारीको छ ।
भिडियो बेलायतस्थित सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । के के मूभिज प्रोडक्सन यूकेका डिओपी श्रेष्ठले बेलायतमा सिमित श्रोत र साधनबाट भिडियो बनाउनुपर्ने वाध्यता सुनाउंदै आफूले सकेसम्म नयां प्रयोग गर्न प्रयास गरेको बताए । उनले गायिका शर्मिला बर्देवालाई भिडियोमा नयां गेटअपमा उतारेको बताए । उनले बिकेस बस्नेतसहित प्रमिला केसीलाई पहिलोपटक भिडियोमा मोडलका रुपमा प्रस्तुत गरेका छन् ।
म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा बर्देवाले व्यस्तता बाबजुद श्रोतामाझ नयां गीतहरु पस्कने आफ्नो प्रयास निरन्तर रहने जनाइन् ।
बर्देवाले केही महिना अघिमात्र नृपेश उप्रेतीको शब्द रहेको मेरो ठुम्कामा मर्छन् हजार…गीत युट्युबमार्फत सार्वजनिक गरेकी थिइन् ।
हेर्नुहोस् म्यूजिक भिडियो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]