लन्डन । लन्डनवासी चर्चित गायिका शर्मिला बर्देवा नयां वर्षमा दर्शक श्रोतालाई नयां सांगीतिक उपहार लिएर आएकी छन् । बर्देवाले गाएको माया जाल…गीतको म्यूजिक भिडियो आइतबार अंग्रेजी नयां वर्षकै दिन लन्डनबाट सार्वजनिक गरिएको छ । हाल बेलायत भ्रमणमा रहेका बिग आइकन साजन आलेले उक्त म्यूजिक भिडियो सार्वजनिक गरे । अग्रजहरुले नयां प्रतिभालाई अवसर र हौसला दिनुपर्ने बताउंदै बर्देवाले साजनको हातबाट म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् । उक्त गीत कोमल मल्लले लेखेका हुन् भने कम्पोज एवं एरेन्ज किरण भण्डारीको छ ।
भिडियो बेलायतस्थित सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । के के मूभिज प्रोडक्सन यूकेका डिओपी श्रेष्ठले बेलायतमा सिमित श्रोत र साधनबाट भिडियो बनाउनुपर्ने वाध्यता सुनाउंदै आफूले सकेसम्म नयां प्रयोग गर्न प्रयास गरेको बताए । उनले गायिका शर्मिला बर्देवालाई भिडियोमा नयां गेटअपमा उतारेको बताए । उनले बिकेस बस्नेतसहित प्रमिला केसीलाई पहिलोपटक भिडियोमा मोडलका रुपमा प्रस्तुत गरेका छन् ।
म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा बर्देवाले व्यस्तता बाबजुद श्रोतामाझ नयां गीतहरु पस्कने आफ्नो प्रयास निरन्तर रहने जनाइन् ।
बर्देवाले केही महिना अघिमात्र नृपेश उप्रेतीको शब्द रहेको मेरो ठुम्कामा मर्छन् हजार…गीत युट्युबमार्फत सार्वजनिक गरेकी थिइन् ।
हेर्नुहोस् म्यूजिक भिडियो
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग