काठमाडौँ, १४ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नहुने जनाएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को केन्द्रीय कार्यालय बिजुलीबजारमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधन नगरी निर्वाचन गर्दा त्यसले द्वन्द्व निम्त्याउने निष्कर्ष निकालेको छ ।
बैठकका बारेमा जानकारी दिँदै तमलोपा उपाध्यक्ष विशेषचन्द्र लालले संविधान संशोधन गरी निर्वाचन गर्दा थोरै भए पनि मोर्चाका माग सम्बोधन हुने र आफूहरु निर्वाचनमा जानसक्ने बताउनुभयो ।
बैठकमा मुलुकको समसामयिक राजनीति र राजनीतिक गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “मोर्चाले संविधान कार्यान्वयन होस् भन्ने चाहेको छ । त्यसका लागि हामीले लचकता अपनाएका छौँ ।”
मोर्चाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले संविधानको मूल मर्म विपरीत काम गरेको निष्कर्ष निकाल्दै विशेष, संरक्षित र स्वायत्त क्षेत्रका बारेमा कुनै कार्य नगरेको आरोप लगाएको छ ।
बैठक भोलि पनि बस्ने र भोलि नै पत्रकार सम्मलेन गरी बैठकका निर्णय सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ