रेडिङ । शेर्पा संघ बेलायतले यस वर्षको ग्याल्पो ल्होसार आगामी मार्च ४ तारिखका दिन रेडिङमा मनाउने भएको छ । क्रिसमसका दिन रेडिङस्थित धौलागिरी किचेनमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
संघका अध्यक्ष साना शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकले सो कार्यक्रम आयोजनाका लागि रिन्जी लामा शेर्पाको संयोजकत्वमा डाक्टर ङवाङ शेर्पा, काजी शेर्पा, सोनम शर्पा र श्रीमती माया शेर्पालाई जिम्मा दिएको छ । लोसार कार्यक्रममा बेलायतको शेर्पा समाजमा उदाहरणीय योगदान पुरयाउँदै आएका व्यक्तित्वहरु र ग्रयाजुएट गरेका विद्यार्थीहरुलाई उनीहरुको योगदान र सफलताको कदर गर्दै प्रशंसा पत्र वितरण गरिने भएको छ ।
त्यस्तै बैठकले मार्च १ का दिन अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टरमा ल्हप्सो पूजा गर्न श्रीमती छोटी शेर्पा, श्रीमती वाङ्म शेर्पा र श्रीमती माया लामालाई जिम्मा दिएको छ ।
बैठकमा संघका उपाध्यक्ष आङदावा च्यावा, महासचिव योन्तेन ग्याछो, सचिव फुर्बा शेर्पा, संस्कृतिक सचिव पेमालमु शेर्पा, कार्यसमितिका सदस्यहरु आङ फुर्बा शेर्पा, निमा ग्याल्बु शेर्पा, श्रीमती आङ ल्हाक्पा शेर्पा, सल्लाहकार डाक्टर ङवाङ शेर्पा, लोसार २०१७ कार्यक्रम संयोजक रिन्जी लामा शेर्पा, आयोजकहरु काजी शेर्पा, सोनाम शेर्पा, श्रीमती माया शेर्पा, ल्हाप्सो पूजा आयोजक श्रीमती माया लामा शेर्पा लगायत विभिन्न आजीवन सदस्यको उपस्थिति थियो ।
बैठक संघका महासचिव योन्तेन ग्याछोले सञ्चालन गरेका थिए । बैठकमा शान्ता शेर्पाको अध्यक्षतामा शेर्पा संघ बेलायत रेडिङ उप कमिटी गठन गर्ने निर्णय गरिएको छ । औपचारिक रुमपा रेडिङ उप कमिटीको घोषणा ग्याल्पो लोसार कार्यक्रममा गरिने भएको छ भने संघको आगामी समर भेटघाट कार्यक्रममा नेपालबाट युवा गायक छिरिङ् शेर्पालाई बोलाइने भएको छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह