
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना अन्तर्गत आज जोडिएको सुन्दरीजलतर्फको सुरुङ मार्ग (टनेल) र सिन्धुपाल्चोकतर्फको सुरुङ मार्ग । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडाँै, १३ पुस । उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको २७ किमी मध्ये सुन्दरीजलदेखि सिन्धुसम्म ९.५ किमी सुरुङ आज ब्रेकथ्रु भएको छ । विसं २०६६ साउन १८ गते सुन्दरीजलमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुरुङ खन्ने कार्यको शुभारम्भ गर्नुभएको थियो ।
त्यसबेला चिनियाँ निर्माण कम्पनीले सुरुङ निर्माण गर्ने ठेक्का लिएको थियो । चिनियाँ कम्पनीले दुई वर्षसम्म योजनाअनुरुप सुरुङ खन्न नसकेपछि काम छाडेर हिँडेको थियो । पुनः ठेक्का छनोटको प्रक्रिया सुरु गरेर विसं २०७१ पुस १७ देखि इटालीको कम्पनी सिएमसीले सुरुङ खन्ने काम सुरु गरेको थियो । सिएमसीले गत असोजमा सुरुङ निर्माण गरिसक्ने सम्झौता गरेपनि भूकम्प र नाकाबन्दीले पूरा गर्न सकेको थिएन । सुन्दरीजलबाट सिएमसीले तीन हजार ५७०.२ मिटर सुरुङ खनेको हो ।
सुन्दरीजलबाट सिन्धुतिर र सिन्धुबाट सुन्दरीजलतिर सुरुङ निर्माण सम्पन्न भएपछि आज सिन्धुबाट ग्याल्थुङ, ग्याल्थुङबाट सिन्धु र अम्बाथान एवम् अम्बाथानबाट ग्याल्थुङ गरी चार स्थानमा सुरुङ निर्माण भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर घनश्याम भट्टराईले जानकारी दिनुभयो । “आजसम्म २७ किमी सुरुङमध्ये २२ किमी सम्पन्न भएको छ । अब ५.५ किमी सुरुङ बाँकी छ । २०७४ असोजसम्म सुरुङ निर्माण सकेर उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको छ”–उहाँले भन्नुभयो । सिन्धुदेखि ग्याल्थुङसम्म ७.५ किमीमध्ये २.५ किमी र ग्याल्थुङबाट अम्बाथानमा ८ किमी मध्ये ३ किमी सुरुङ निर्माण बाँकी रहेको समितिले जनाएको छ ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाअन्तर्गत आज जोडिएको सुन्दरीजलतर्फको सुरुङ मार्ग (टनेल) र सिन्धुपाल्चोकतर्फको सुरुङ मार्गको भाग खुसीयाली मनाउँदै मेलम्ची खानेपानीमा कार्यरत कर्मचारी तथा कामदारहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस
आयोजना सम्पन्न गर्न एसियाली विकास बैंकले रु २४ अर्ब सहयोग गरेको छ । सुरुङ निर्माण सम्पन्न भएपछि पहिलो चरणमा दैनिक मेलम्चीको १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी पनि यही सुरुङबाट ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव निर्माण सुरु भएको छ । विसं २०७८ सम्म याङ्ग्री र लार्केको गरी दैनिक थप ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने समितिको योजना छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता