काठमाडौं। क्रिकेट एसिएयसन अफ नेपाल (क्यान) ले कुबेतमा आयोजना हुने एसिसी मेन्स अन्डर नाइन्टिन प्रिमियर ट्रफीका लागि राजु रिजालको नेतृत्वमा १८ सदस्यीय टोलीको घोषणा सोमबार गरेको छ।
कातिक २१ देखि ३० गतेसम्म कुवेतमा हुने प्रतियोगतामा सहभागी हुने दोस्रो चरणको बन्द प्रशिक्षण हुने क्यानले जनाएको छ।
टोलीको उप कप्तानमा आरीफ शेख रहेका छन्। त्यसैगरी निरज मुखिया, ईर्साद अहमद, आशिष धामी, हेमन राई, शंकर राना, प्रेम तामाङ्, सौरभ खनाल, सन्दिप सुनार, योगेन्द्र कार्की र कुशल भुर्तेल दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छानिएका छन्।
छनौटमा परेका अन्य खेलाडीमा राजवीर सिंह, सुशील कँडेल, सुनिल धमला, दीपेश श्रेष्ठ, दीपेन्द्र ऐरी र अर्जुन चापागाईं छन्।
प्रतियोगितामा अफगानिस्तान, संयुक्त अरब इमिरेट्स(युएइ), मलेसिया, साउदी अरब र कुवेतको सहभागी रहने छ।
प्रतियोगितामा नेपाली टोलीको प्रशिक्षकमा नविनकुमार सिंह र व्यवस्थापकमा धिरेन्द्र साउद रहने छन् ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ