लन्डन । बेलायतका नेपाली व्यवसायीद्धारा सञ्चालित नेपाली टिभी यूकेले सन् २०१७ मा ग्राहकलाई अझ गुणस्तरिय सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ । गत साता मुनाल तन्दुरी रेष्टुरेन्टमा आयोजित क्रिसमस तथा नयां वर्ष भेटघाट कार्यक्रममा टिभी सञ्चालकले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा सहभागी बोर्ड अफ डाइरेक्टर, कर्मचारी र अन्य अतिथीलाई स्वागत गर्दै टिभीका निर्देशक विजय थापाले आगामी दिनमा दर्शकहरुका लागि थप आकर्षक कार्यक्रम ल्याइने जानकारी दिए । उनले सन् २००५ मा स्थापित टिभीलाई विभिन्न आरोह अवरोहमा साथ दिने सबैप्रति आभार समेत व्यक्त गरे ।
कार्यक्रममा निर्देशकहरु कमल भण्डारी र मोहन गुरुङले सेवा विस्तार आफूहरुको प्राथमिकता रहेको बताउंदै टिभी सञ्चालन व्यवसायिक भन्दा पनि समुदायको हितका लागि केन्द्रित भएको बताए ।
एनआरएनए युरोप संयोजक कुल आचार्यले नेपाली टिभी समस्त एनआरएनहरुको सूचनाको श्रोत बनेको उल्लेख गर्दै संघबाट पर्याप्त सहयोग हुने विश्वास दिलाए ।
नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारीले नेपाली टिभीले सूचना प्रवाहसंगै नेपालको पर्यटन प्रवद्र्धनमा समेत उल्लेख्य भूमिका निर्वाह गरेको बताए । विजनेश डेभलप्मेन्ट म्यानेजर सिद्धार्थ शाक्यले अहिले नेपाली टिभी अनलाइनमैत्री बनाइएको जनाउंदै आगामी दिनमा प्रविधि र सामाजिक सञ्जालमा बढि प्राथमिकता दिइने जनाए । नेपाली टिभीकी दीपा थापाले ग्राहकले टिभी सेवा कसरी लिन सक्छन् भन्नेबारे अवगत गराइन् ।
व्यवसायी तथा समाजसेवी ध्रुव केसीले टिभी सञ्चालन चुनौतीपूर्ण रहेको चर्चा गर्दै दशक अघि यसको शुरुवात गर्दा भोग्नुपरेका अनुभव सांटे ।
कार्यक्रममा सञ्चारकर्मी संगीता मरहट्ठाले कुनै बेला नेपाली टिभीसंग आफ्नो पनि सक्रिय संलग्नता रहेको बताउंदै तीता मिठा अनुभव सांटेकी थिइन् । उक्त अवसरमा पत्रकार चिरन शर्माले रियाक्सन कार्यक्रमको परिकल्पनाबारे जानकारी दिंदै साप्ताहिक आफ्नो कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रण गरे ।
कार्यक्रममा पत्रकारहरु दिनेश परियार, एभरेष्ट गौतम, बीरेन्द्र श्रेष्ठ, नवीन पोखरेल लगायत उपस्थित थिए ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई