लण्डन । अल्डरसटमा क्रिसमसको दिन बिहानै भएको कार दुर्घटनामा एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।
आइतबार बिहान करिब ७ बजे ए ३३१ इष्ट बाउण्डमा आफूले चलाइरहेको कार अनियन्त्रित भई भएको दुर्घटनामा आर्मी नम्बर २११५८९२६ डब्ल्युओटु नारानप्रसाद गुरुङको निधन भएको हो ।
दुर्घटनामा घाइते उनकी श्रीमती खुशीमाया गुरुङलाई अहिले सेन्ट जर्ज अस्पताल लण्डनमा उपचार गरिँदैछ । मार्दीखोला समाज युकेका अध्यक्ष हीरामान गुरुङका अनुसार फोक्सो र करङमा चोट लागे पनि श्रीमती गुरुङ अहिले होसमा छिन् ।
अल्डरसटमा बसोबासरत गुरुङ दम्पती कामका लागि सर्रे अस्पताल गइरहेको बखतमा दुर्घटना भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
दुर्घटनास्थल आइपुगेका पारामेडिक्सले गुरुङलाई घटनास्थलमै मृत घोषणा गरेका थिए । घटनास्थल पुगेका गुरुङका छोरा डा. दिनेश गुरुङले पनि बाउलाई बचाउन सकेनन् ।
करिब ६० वर्षीय गुरुङको नेपाल घर ल्वाङघलेल गाविस वडा नम्बर १ खोरामुख कास्की हो । उनी युकेमा छोरा डा. दिनेश, बुहारी दन्तचिकित्सक डा. इला र सासुका साथमा बस्दै आएका थिए ।
समाजसेवामा सक्रिय गुरुङ मार्दीखोला समाज युकेका सक्रिय सदस्य र आजिवन सदस्य पनि थिए ।
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ