धनगढी, १० पुस । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ ।
हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरियालगायत क्षेत्रमा प्रदर्शन समेत गरेका छन् ।
धनगढी–डडेलधुरा सडक अन्तर्गत चुरे पहाडमा पर्ने भ्यागुते सडकखण्ड आसपासमा पाँच दिनअघि मरेका गाईगोरु फेला परेका थिए । कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रमा रहेका छाडा गाईगोरुलाई राति ट्रकमा राखेर भ्यागुते सडकखण्डमा पुरयाएर छाडिएको बताइएको छ । यी चौपाया आफैँ मरेका हुन् वा कसैले मारेको हो भन्ने विषयमा भने पुष्टि हुन सकेको छैन ।
घटनाका सम्बन्धमा चौपाया ढुवानी गरी भ्यागुतेसम्म पुरयाउने ट्रकका चालकसँग सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै नगरपालिकाका कार्यकारी अधिकृतलाई पनि स्थानीय प्रशासनले सोधपुछ गरेको छ । दुर्गन्ध नफैलियोस् भनेर मरेका चौपायालाई खाल्डो खनेर पुरिएको छ ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ