
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की मुद्दाको पेशी बुझ्न बिहीबार सर्वोच्च अदालत जाँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीविरुद्धको मुद्दामा सुनुवाइ सुरु गरेको हो ।
रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्र लगायतले बहस गर्नुभएको थियो ।
उहाँहरुले कार्कीको नियुक्ति संविधान विपरीत भएको कुरा राख्नु भएको थियो । भोलि ११ बजेदेखि सुरु हुने गरी आजको सुनुवाइ सकिएको छ ।
कार्कीको नियुक्ति संविधान विपरीत भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गर्नुभएको थियो । खारेज भइसकेको अधिवक्ता अर्यालको रिट निवेदन सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।
नेपाल बार एसोसिएसनको ६०औँ दिवस परेको भन्दै कार्कीविरुद्धको मुद्दा सार्नका लागि अधिवक्ता भीमआर्जुन आचार्य, माधव बस्नेत, कुमार रेग्मी, सुशील पन्त, कृष्ण सापकोटा, आनन्दराज लम्सालले निवेदन दिनुभएको थियो । तर आजको सुनुवाइ स्थगित भएन । यसअघि कार्कीको पक्षका अधिवक्ता बालकृष्ण न्यौपाने बिरामी परेका कारण सुनुवाइ स्थगित भएको थियो ।
कार्कीका पक्षबाट आज सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गर्नुभएको थियो । शुक्रबार विपक्षको तर्फबाट बहस हुनेछ । कार्कीको नियुक्ति संविधानसम्मत भए नभएको सुनुवाइपछि निर्णय आउनेछ ।
यसैबीच, मुद्दाको पेसी बुझ्नका लागि सर्वोच्च अदातलमा पुग्दा निलम्वित प्रमुख आयुक्त कार्कीमाथि आज दुई व्यक्तिले कालोमोसो दल्ने प्रयास गरेका थिए । कालोमोसो दल्न प्रयास गर्ने दुबै जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । पेसी बुझ्दै गर्दा कार्कीमाथि कालोमोसो लगाउने प्रयास गरिएको हो ।
दुई युवाले ‘माओवादी जिन्दावाद, भ्रष्टाचारी मुर्दावाद, जनआन्दोलनका दोषीलाई कारबाही गर, हत्यारालाई कारबाही गर’ भन्ने नारा समेत लगाएका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता