
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेसँग मन्त्रालयमा शिष्टाचार भेट गर्दै जनवादी गणतन्त्र चीनको तिब्बत स्वाशासित क्षेत्रको पिपुल्स कँग्रेसका अध्यक्ष बाई मा चिलिन । तस्बिरः अशोक घिमिरे, रासस
काठमाडौँ, ६ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले चीनको बढ्दो आर्थिक समृद्धिबाट सिर्जित अवसरको सदुपयोगबाट समृद्धि हासिल गर्ने नेपालको चाहना रहेको बताउनुभएको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको तिब्बत स्वाशासित क्षेत्रका पिपुल्स कँग्रेसका अध्यक्ष बाई मा चिलिन नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उहाँले चीनको ‘एक क्षेत्र, एक मार्ग’(ओबिओआर) परियोजनाको नेपालले स्वागत गरेको तथा नेपाल एसियाली पूर्वाधार र लगानी बैंक (एआइआइबी) को संस्थापक सदस्य तथा बोर्ड अफ गभर्नर रहेको बताउँदै उक्त प्रयासले यस क्षेत्रको पूर्वाधार विकासमा गहनतम् भूमिका खेल्नेमा नेपाल सरकार विश्वस्त छ भन्नुभयो ।
चीनको स्वशासित क्षेत्र तिब्बतको जनसरकारले नेपालका तिब्बतसँग सिमाना जोडिएका जिल्लामा सन् २००९ देखि पुरयाउँदै आएको खाद्यान्न तथा वस्तुगत सहायताका लागि धन्यवाद व्यक्त गर्दै उहाँले उक्त सहयोग नेपालको उत्तरी जिल्लाका स्थानीय बासिन्दाको जीवनयापनका लागि अतिउपयोगी साबित भएको बताउनुभयो ।
आगामी दिनमा यस्तो प्रकारको सहयोगमा निर्माण सामग्री, हेभी उपकरण तथा अन्य वस्तुगत सहायतामा केन्द्रित गर्न सकिएमा स्थानीय पूर्वाधार निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको उल्लेख गर्दै मन्त्री पाण्डेले यसका लागि सोसम्बन्धी विगतका सम्झौतामा परिमार्जन गर्नुपर्ने औँल्याउनुभयो । उहाँले चीनसँग सीमाना जोडिएका जिल्लाका सदरमुकाममा चीनका तर्फबाट सडक यातायातको सञ्जालले जोड्ने कुरामा द्विपक्षीय सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो ।
भेटका क्रममा पिपल्स कँग्रेसका अध्यक्ष बाईले चीन सरकारले भर्खरै लागू गरेको तेह्राँै पञ्चवर्षीय विकास आयोजनामा समेटिएको रेल्वे, सडक यातायातलगायत पूर्वाधार विकासका प्रयास ओविओआर अन्तर्गत दक्षिण एसियालाई जोड्नका लागि बनाइएको हो भन्नुभयो ।
उहाँले नेपालले आफ्नो भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिएकाले तिब्बत जनसरकारका तर्फबाट धन्यवाद दिँदै चीन ठूलो जनसङ्ख्या र भूगोलको भए पनि नेपाल र चीनको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको छ भन्नुभयो । सो अवसरमा मन्त्री पाण्डेले पिपल्स कँग्रेसका अध्यक्ष बाईलाई मायाको चिनोस्वरुप आँखीझ्याल उपहार तथा अध्यक्ष बाईले मन्त्रीलाई थाङ्का उपहार प्रदान गर्नुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता