काठमाडौँ, ६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको बताउनुभएको छ ।
पूर्वराजा शाहले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ– “आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ ।”
निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधार किमार्थ बलियो हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– “अझै पनि जनताका आस्था ढलेका छैनन् । नेपाली मन मष्तिस्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले राष्ट्र बचाउन फेरी एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर र प्रखररुपले जाग्नै परेको छ ।”
राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अभिभाज्यताको सन्देश फैलाउन पूर्वराजाले आग्रह गर्नुभएको छ ।
गोरखा राज्यमा धार्मिक सम्पदाहरुको संरक्षण (सन् १७९०—१८१६)
प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न नेपालका राष्ट्रपति पौडेलको अपिल
बेलायतले भन्यो – ‘नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम’
नेपालमा प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार [राष्ट्रपतिको विज्ञप्तिसहित]
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त
शेर्पा संघ बेलायतको २२ औं वार्षिक साधारणसभा सम्पन्न
नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध ‘जेन–जी’को सडक आन्दोलन, काठमाडौंमा कर्फ्यु लगाइयो
भूतपूर्व गोर्खा र आदिवासी जनजातिको अधिकारका लागि संयुक्त आन्दोलन आवश्यक : माओवादी नेताहरु
‘जेनजी’को नाममा भएको आन्दोलन अराजक बनेपछि नेपालमा ठूलो जनधनको क्षति
नेपालका प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा