काठमाडौँ, ६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको बताउनुभएको छ ।
पूर्वराजा शाहले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ– “आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ ।”
निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधार किमार्थ बलियो हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– “अझै पनि जनताका आस्था ढलेका छैनन् । नेपाली मन मष्तिस्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले राष्ट्र बचाउन फेरी एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर र प्रखररुपले जाग्नै परेको छ ।”
राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अभिभाज्यताको सन्देश फैलाउन पूर्वराजाले आग्रह गर्नुभएको छ ।
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ