लन्डन । लन्डन । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च यूकेले मंगलबार १२ औं स्थापना दिवस मनाएको छ । लन्डनमा एक कार्यक्रमबीच संस्थाको स्थापना दिवस मनाइएको हो । कार्यक्रममा नेपालीसहित बेलायती सांसदहरु ढाका टोपी र दोसल्ला ओढेर मञ्चमा देखिंदा अलिक पृथक लाग्थ्यो ।
कार्यक्रमलाई प्रमुख अतिथी सांसद कृष्णभक्त पोखरेल, विशेष अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, अतिथीहरु बेलायती सांसदहरु बीरेन्द्र शर्मा, ब्यारी गार्डनर र ग्यारेथ थोमस, एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य लगायतले सम्वोधन गरे । तीनै जना बेलायती सांसदहरु शर्मा, गार्डनर र थोमसले बेलायत नेपालबीच दुई सय वर्ष पुरानो कुटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उनीहरुले बेलायतमा नेपाली जनसंख्या बढ्दै जांदा अब नेपालीलाई बेलायती राजनीतिको मुल प्रवाहमा सक्रिय हुन सुझाव दिए ।
मञ्चका अध्यक्ष रामशरण सिम्खडाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथी सांसद पोखरेलले नेपालमा नयां संविधान जारीपछि देश आर्थिक समृद्धिको बाटोमा अघि बढेकाले देशलाई प्रवासी नेपालीहरुको रचनात्मक सहयोग खांचो रहेको बताए ।
विशेष अतिथी बेलायतका लागि नेपाली राजदूत सुवेदीले विदेशमा बसोबास गर्ने नेपालीहरु जुनसुकै आस्थाका रुपमा भएपनि नेपाल र नेपालीको हितमा सदैव क्रियाशिल रहनुपर्ने धारणा राखे । एनआरएनए युरोप संयोजक आचार्यले मञ्चले राजनीतिकमात्र होइन, सामाजिक क्षेत्रमा समेत उदाहरणीय कामहरु गरेको भन्दै प्रशंसा गरे ।
औपचारिक कार्यक्रम समापन गर्दै मञ्चका अध्यक्ष सिंखडाले समारोह सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।
मञ्चका महासचिव तुंगभद्र भुसालले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा उपाध्यक्ष रबीन्द्र कंडेलले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको पहिलो तथा औपचारिक चरणको सुरुमा प्रवासी नेपाली मञ्च बेलायतका नर्थ वेस्ट कमिटी अध्यक्ष वसन्त नेपालले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त अवसरमा नेपालबाट आएका बिग आइकन २०१६ विजेता साजन आलेले गायन र प्रतिष्ठा त्रिपाठी, रश्मी गौतम, विजया भण्डारी लगायतले आकर्षक नृत्य प्रस्तुत गरे ।
समारोहमा लिभरपुल जोन मोर युनिभर्सिटीका एशोसिएट डिन डा. पदम सिंखडालाई सम्मान गरिएको थियो । उनलाई मञ्चका अध्यक्ष सिम्खडा, प्रमुख अतिथी सांसद पोखरेल र विशेष अतिथी राजदूत सुवेदीले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]