
काठमाडौँ, ५ पुस । काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ भने थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महानगर यातायातले यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा यही पुस १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको जानकारी गराएको हो ।
महानगरले अब राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा सञ्चालन गर्ने जानकारी अध्यक्ष मधुसुदन अधिकारीले दिनुभयो । यी रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिने महानगरले जनाएको छ ।
यस्तै, महानगर यातायातले यही पुस १० गतेदेखि नै आफ्ना यात्रुलाई प्रत्येक टिकटमा उपहारको व्यवस्था गरेको जनाएको छ ।
हिमालयन हर्वल कम्पनीसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको उपहार योजनाअन्तर्गत यात्रुले प्रत्येक टिकटबापत लक्की ड्र मा सहभागी हुन पाउनेछन् जसबाट दैनिक रुपमा १५० भाग्यशाली यात्रुले हिमालयन हर्वलका तर्फबाट आकर्षक उपहार पाउनेछन् ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ