
चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालद्वारा आज ग्रेट हल अफ दि पिपुलमा चिनियाँ राष्ट्रपति सि समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनु हुँदै । तस्बिर ः नेपाली राजदूतावास, बेइजिङ,
काठमाडौँ, ४ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङले दुवै देशलाई उपयुक्त हुने समय मिलाएर आफूले नेपाल भ्रमण गर्ने विश्वास दिलाउनुभएको छ । चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालले आज ग्रेट हल अफ दि पिपुलमा बुझाउनुभएको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सिले नेपालले एक चीन नीति पालना गरेकामा धन्यवाद दिँदै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ दुवै देशका लागि लाभकारी हुने विश्वास दिलाउनुभयो । उहाँले विश्व परिस्थितिमा जस्तो परिवर्तन आए पनि दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध कायमै रहने स्पष्ट गर्नुभयो ।
सो अवसरमा राजदूत पौड्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको दोहोरयाउनुभयो । राष्ट्रपति सिको भ्रमणले हिमालपारिका क्षेत्रमा समृद्धि र स्थिरताका लागि रेलवे, यातायात, संस्कृति, पर्यटन, व्यापार, लगानी, ऊर्जा, सञ्चार र दुई देशका जनताबीचको सम्बन्धका क्षेत्रमा बहुआयामिक सहयोगको प्रवद्र्धन गर्न नयाँ अवसर खोल्नेमा राजदूतले जोड दिनुभयो ।
उहाँले विगतमा बुद्धिमान र दूरदर्शी नेताहरुले विस्तार गरेको दुई देशबीचको सम्बन्ध यस क्षेत्रमा आगामी दिनमा शान्ति, स्थिरता र विकासलाई नयाँ उचाइमा पुरयाउन अझ सुदृढ गर्नुपर्ने बताउँदै चीनको बल र विकासबाट लाभ लिई नेपालमा विकास र स्थिरताका लागि नेपाली जनताले ठूलो आशा र अपेक्षा गरेको पनि उल्लेख गर्नुभयो ।
“नेपाली जनता चीनको विकासलाई नेपालको स्थिरता र विकासका लागि अवसर ठान्छन्” राजदूतले भन्नुभयो । समारोहमा चिनियाँ विदेशमन्त्री तथा चिनियाँ सरकारका उच्च अधिकारी नेपाली राजदूतावासका अधिकृतको पनि सहभागिता रहेको चीनका लागि नेपाली राजदूतावास, बेजिङद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता