
विराटनगर, ३ पुस । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको प्रस्ताव फिर्ता नहुने स्पष्ट पार्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिनौँ संसद् अवरुद्ध गरे पनि संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता नगरिने बताउनुभएको छ ।
उहाँले एमालेले सो प्रस्ताव फिर्ता गराउने बहानामा संसद् र सडक आन्दोलन गरेर मुलुकलाई सङ्कटमा पार्न खोजेको बताउनुभयो ।
जनयुद्धको उपलब्धिस्वरुप प्राप्त सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्म निरपेक्षता, सामाजिक न्याय र मौलिक अधिकारका विरुद्धमा एमालेले षड्यन्त्र गरिरहेको भन्नुहुँदै उहाँले त्यसकाविरुद्ध डटेर सामना गर्नेतर्फ अग्रसर हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले माओवादी विभाजित र कमजोर हुँदै गएको फाइदा उठाएर प्रतिगामी चलखेलमा उत्रिएको उल्लेख गर्दै उहाँले कार्यकर्ता नेतृत्वलाई बलियो बनाउनतर्फ सक्रिय भएर जुट्न आग्रह गर्नुभयो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ