
राप्रपा नेपाल र राप्रपाको पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय एकीकरण सभामा मन्तव्य व्यक्त गर्नुहुँदै पार्टी अध्यक्ष कमल थापा । तस्बिर ः निमदत्त सुवेदी रासस
पोखरा, ३० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताले राप्रपा नेपाल र राप्रपाबीचको एकीकरणले राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्ति स्थापित हुन पुगेको बताउनुभएको छ ।
राप्रपा नेपाल र राप्रपाको आज पोखराको चिप्लेढुङ्गामा आयोजित पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय पार्टी एकीकरण घोषणासभामा नेताहरुले दुई पार्टीबीचको एकीकरण राष्ट्रिय अस्तित्व जोगाउँदै देशलाई बचाउन र बलियो बनाउनका लागि भएको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले दुई पार्टीबीचको एकीकरणले मुलुकमा बलियो राष्ट्रवादी शक्तिको उदय भएको जिकिर गर्नुभयो ।
राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले प्रमुख तीन दलले कहिल्यै मुलुकलाई समाधान दिन नसकेको जनाउँदै दुई पार्टीबीचको एकीकरणले नेपाली जनतामा आशा र उमङ्ग पलाएको छ भन्नुभयो ।
पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले संविधान कार्यान्वयनमा अझै अन्योल र अस्थिरता देखिएकामा चिन्ता व्यक्त गर्दै अहिले देखिएको सङ्कटबाट देशलाई समाधान दिन राप्रपा सक्षम हुने जिकिर गर्नुभयो ।
पार्टी महामन्त्री एवम् आपूर्तिमन्त्री दीपक बोहोराले देशमा बिग्रिएको अर्थतन्त्र सुधार्न र सुशासन कायम गर्न राप्रपाले अभियान थाल्ने जानकारी दिनुभयो । महामन्त्री एवं भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले राष्ट्रवादी शक्तिको शिर झुक्न नदिने गरी आफूले काम गर्ने वचन दिनुभयो ।
यसअघि पोखराको पृथ्वीचोकबाट निस्केको पदयात्रा नगर परिक्रमापछि चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]