काठमाडौँ, २८ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तरिम विधान तथा पार्टीको एकीकरणको नीति र आधारपत्रमा व्यवस्था भएबमोजिम नयाँ पदाधिकारी चयन गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर जबराको सहमतिमा उपाध्यक्षमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा, प्रतिभा राणा र हरिनारायण यादवलाई जिम्मेवारी दिएको हो ।
त्यसैगरी महामन्त्रीमा टङ्क ढकाल, धु्रवबहादुर प्रधान, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, डा धवलशम्शेर जबरा र नरेन्द्र चौधरी रहनुभएको सहायक प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
बैठकले उद्धव पौडेल र नीलकण्ठ काफ्लेलाई कोषाध्यक्ष, प्रवक्तामा ठाकुरप्रसाद शर्मा र राजाराम श्रेष्ठ, सहायक प्रवक्ताहरु किरण गिरी, मोहन श्रेष्ठ, वसन्तमानसिंह अधिकारी र राजाराम बर्तौलालाई जिम्मेवारी दिइएको छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ