
प्रधानन्यायाधिश सुशिला कार्की चितवन जिल्ला अदालतले सोमबार यहाँ आयोजना गरेको मुद्दाको समय तालिका तथा सोधपुछ र सहायता कक्षको व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी हुँदै । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस
चितवन, २७ मङ्सिर । प्रधानन्यायाधीश सुशीला कार्कीले दबाब र प्रभावमा न्याय दिन कठिन हुने बताउनुभएको छ ।
जिल्ला अदालतले आज यहाँ आयोजना गरेको ‘मुद्दाको समय तालिका, टिपोट, सूचना प्रवाह, सेवाग्राहीसँग व्यवहार, सोधपुछ तथा सहायता कक्षको व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा उहाँले न्यायाधीशले साहस र प्रयास गरेर जनतालाई भलो र न्याय दिनुपर्ने बताउनुभयो ।
न्यायपालिका अग्रगमनतर्फ गइरहेको बताउँदै उहाँले अभावै अभाव भए पनि जनतालाई छिटोछरितो र गुणस्तरीय न्याय दिन न्यायाधीशलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “न्यायाधीश सन्यासी हुन्छन्, योगी नै हुन्, योगीलाई संसारिक मोह हुँदैन, उनीहरुले अरुको भलो मात्रै चाहन्छन् ।”
मुद्दा फैसलापछि हृदयाघात भएर मानिसको मृत्युसमेत भएको आफैँले देखेको बताउँदै उहाँले भन्नुभयो, “विवेक राखेर फैसला गरिएन र अलिकति पनि तलमाथि भयो भने व्यक्तिको जीवन नै बर्बाद हुन सक्छ, परिवार बिग्रन सक्छ, सम्पत्ति जान्छ, उसको चित्त दुख्छ ।” कोही अन्यायमा परे उसको श्रापसमेत लाग्ने बताउँदै उहाँले यस्तो स्थिति आउन नदिन न्याय दिँदा विचार पु¥याउनुपर्नमा जोड दिनुभयो ।
योजनाबाट अदालत चल्नुपर्छ भन्ने मान्यताका साथ एसियामै पहिलो पटक तेस्रो रणनीतिक योजनाअनुरुप न्यायसम्पादन भइरहेको जानकारी दिँदै उहाँले प्रभावकारी रुपमा छिटोछरितो र गुणस्तरीय न्याय दिनु अहिलेको अवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा सर्वाेच्च अदालतका रजिस्ट्रार श्रीकान्त पौडेलले गुणस्तरीय न्याय सम्पादनका लागि सुधारका योजना अगाडि ल्याइएको जानकारी दिँदै कतिपय मुद्दा एकै दिनमा फैसला हुन सके अझै प्रभावकारी हुने बताउनुभयो । प्रजिअ नारायणप्रसाद भट्टले न्याय क्षेत्रसँग जनताले भरोसा र अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला अदालतको कार्य प्रगतिका बारेमा न्यायाधीश सुवार पुरी र सर्वाेच्च अदालतका सहरजिस्ट्रार विपुल न्यौपानेले न्याय सम्पादनका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता